काठमाडौँ/कार्तिक २० गये। सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्यले छुट्टा छुट्टै दयार गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इलालसले कारबाही नगर्न निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो।
राजनीतिक दलका शीर्ष नेताहरुलाई मंसिर ४ गते हुने चुनावमा पराजित गरौँ भन्ने अभियानकाका रुपमा सामाजिक सञ्जालमामा चलाइएको ‘नो नट अगेन’ अभिायन चलाइएपछि आयोगले साइबर क्राइम अन्तरगत कारबाही गर्ने चेतावीन दिएको थियो।
आयोगले साइबर क्राइम अन्तरगत कारबाही गर्ने चेतावनी दिँदै कुनै व्यक्तिविरुद्ध अभियान नचलाउन भनेको कुरा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको खिलापमा रहेको दाबी गर्दै आयोगले कारबाहीको चेतावनी दिएको थियो।
सर्वोच्चले अभियानमाथि रोक लगाउनुको कारणसमेत पेश गर्न आदेश दिएको छ। अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको निवेदक त्रिपाठीले जानकारी दिए।





















Discussion about this post