महोत्तरी/असार ३१ गते। महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा स्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधसहित एकजनालाई प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा ललितपुरको तालसिखेल नगरपालिका १४ का ४३ वर्षीय सुमन कार्की रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शुक्रवार विहान जलेश्वर नगरपालिका ३ मलिवारा स्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कार्कीलाई आफ्नै शरिरको विभिन्न अंगमा लुकाई छिपाई राखेको नाइट्रभेट १० लेखिएको ९० पिस र स्पास्मो प्रोक्सिभन प्लस ४० पिस टयब्लेट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post