nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

सजिलो पोस्ट सजिलो पोस्ट
असार २५, २०७९, ९:५० मध्यान्ह
जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

असार २५ गते। गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६ बजेको समयमा प्रहरीलाई जानकारी आएलगत्तै बिर्तामोडबाट गएको प्रहरी टोली घटनास्थलमा पुग्यो । पानीले आधा डुबेको अवस्थामा रहेको उक्त बोरा बाहिर तानेर खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव रहेको देखियो । अनुहारमा घाउचोट जस्तो देखिने मृतकको शरीरभरि नै रौं थियो, जुङ्गा पालेको थियो, दाह्री भने काटिएको थियो । 

शव भेटिएपनि शवको पहिचान खुल्ने कुनै कागजात प्रहरीसँग थिएन । एउटा गुलाबी छिर्केमिर्के सर्ट र सेतो धर्का भएको ट्राउजर बाहेक प्रमाण लाग्ने वा सनाखत हुने अन्य कुनै कुराहरू थिएन । घटनास्थल वरपर कुनै व्यक्ति हराएको सूचना नआएको कारण तत्काल शव कसको हो भन्ने पहिचान खुल्न सकेन । 

प्रहरीले असार १३ गते नै अज्ञात व्यक्तिको शव भेटिएको बारे प्रेस विज्ञप्ति पठाएपछि त्यो समाचार सबैजसो सञ्चारमाध्यममा प्रकाशित भयो । यता प्रहरीले शवसँगै बरामद गरेको बोराबाट अनुसन्धान सुरु गर्‍यो । मृतकको शव राख्न जुन बोरा प्रयोग भएको थियो, त्यो मुरई कम्पनीको बोरा थियो । उक्त बोरामा फोन नम्बरहरू पनि थियो । प्रहरीले अनुसन्धानको सुरुवात बोराबाटै सुरु गर्‍यो । त्यो बोरा कहाँ बनाउँछ भनेर त्यसको फ्याक्ट्री खोज्यो, मुरई कहाँ कहाँसम्म पुराउँछ भनेर त्यो पनि खोज्यो । त्यसका होलसेलर र रिटेलर को को छन् भनेर पनि अनुसन्धान गर्‍यो । प्रहरीले प्राविधिक पक्षबाट पनि घटनाको अनुसन्धान गर्‍यो । तर पनि मृतक र घटनामा संलग्नबारे कुनै जानकारी पाउन सकेन । प्रहरीको अनुसन्धान मृतकको पहिचान खोज्नमै केन्द्रीत रह्यो । 

बोरामा पोको पारेर फालिएको शवको बारेमा सञ्चारमाध्यममा समाचार आएपछि झापाकै एक व्यक्तिले बिर्तामोडका डीएसपीलाई फोन गरेर एकजना भारतीय नागरिक केही दिनदेखि सम्पर्कविहीन भएको र कतै ती मृतक तिनै भारतीय पो हुन् किन भनेर चासो राखे । प्रहरीले ती व्यक्तिको नाम र फोटो छ भनेर सोधे । सूचना दिने व्यक्तिले ती व्यक्तिको नाम जापडिया नरेशकुमार बाबुभाइ रहेको भन्दै नामसहितको आधार कार्ड र फोटो पठाइदिए । प्रहरीलाई प्राप्त फोटोमा देखिएको जुँगाको आधारमा प्रहरीलाई मृतक र हराइरहेका व्यक्ति एकै हुन् भन्नका कुनै समस्या रहेन । 

फोटोसँगै ती व्यक्तिको झापाकै अर्जुनधारामा एक गर्लफ्रेण्ड पनि रहेको र गर्लफ्रेण्डको नाम जानुका रहेको सुराक दिए । अनि जानुकाको माइतीको थर थाहा नभएको तर थापासँग विवाह गरी बसेको जानकारी आएपछि प्रहरीले जानुका भन्ने पात्रको खोजी सुरु गर्‍यो । 

सुरुमा शव भेटिएको वरपर जानुकाको खोजी गरेको प्रहरीले त्यसक्षेत्रमा जानुका नाम गरेको व्यक्ति र घटनामा संलग्नता खोज्न सकेन । त्यसपछि प्रहरीले झापाको जानुका थापा भन्ने व्यक्तिको फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको खोजी गर्‍यो । त्यसलगत्तै जानुका सुवेदी थापा भेटिइन् । तर प्रहरीसँग जानुकाको मोबाइल नम्बर थिएन । त्यसपछि प्रहरीले विभिन्न स्रोत प्रयोग गरेर जानुकाको मोबाइल नम्बर प्राप्त गर्‍यो । 

फोन नम्बर पाएलगत्तै असार १८ गते डिएसपी रुगम कुँवर आफैले जानुकालाई फोन गरेर आफू बिर्तामोडको डिएसपी बोलेको, तपाईंसँग केही कुरा गर्नुछ भने । आफू डिएसपी भन्ने बित्तिकै जानुकाले फोन काटिन् र मोबाइल अफ गरिन् । त्यसलगत्तै प्रहरीलाई हत्यामा उनकै संलग्नता भएको हुनसक्ने शंका झनै बढ्यो । प्रहरीले जानुकालाई सम्पर्क गरिरह्यो । तर करिब आधा घण्टासम्म जानुकाले मोबाइलको स्वीच अन गरिनन् । पछि मोबाइल अन गरेपछि प्रहरीले फेरि सम्पर्क गरेर ‘तपाईं कहाँ हुनुहुन्छ, म त्यहीँ आउँछु । नत्र हतकडी लगाएर ल्याउन नपरोस्’ भनेपछि जानुकाले प्रहरीलाई आफ्नै घरमा बोलाइन् । 

डिएसपी कुँवर आफै जानुकाको घरमा गए र जानेबित्तिकै जानुकाको मोबाइल मागेर हेरे । तर जानुकाले मोबाइल फम्र्याट गरिसकेकी थिइन् । त्यहाँ रहेका फोटोहरू सबै डिलिट भइसकेको थियो भने ह्वाट्सएप पनि प्रयोग गरिएको थिएन । तर जानुकाको मोबाइलमा दुईवटा फोटो भने भेटियो । दुईमध्ये एउटा फोटो बोरामा प्याक गरिएको जापडियाको शवको फोटो थियो भने दोस्रो फोटो अर्जुनधारामा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको पहिचान नखुलेको शवको सम्बन्धमा आएको समाचारको स्क्रिन सट थियो । 

त्यसपछि प्रहरीले घरभित्रका कोठाहरू हेर्न थाले ।  एउटा कोठामा नयाँ कार्पेट, नयाँ तन्ना आदि राखिएको देखियो । त्यही बेला कोठामा आएका एक बालकलाई कार्पेट, तन्ना कहिले फेरेका भनेर सोध्दा तीनचार दिनअघि फेरेको जवाफ दिए । अनि कोठाको कुनातिर कपुर नै कपुर राखिएको देखियो । नयाँ कार्पेट, नयाँ तन्ना, कपुर आदि सबै देखेपछि प्रहरीलाई यकिन भयो कि हत्या त्यही कोठामा भएको थियो । हत्या हुँदा निस्किएको रगतको गन्ध हटाउन कपुर प्रयोग गरिएको र रगत लागेको कारण नयाँ तन्ना र कार्पेट फेरिएको बुझ्न प्रहरीलाई गाह्रो परेन । त्यसलगत्तै प्रहरीले बाहिर रहेका जानुकाका श्रीमान्लाई पनि घरमा बोलाए र दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याए । 

अनि सुरु भयो विस्तृत सोधपुछ  

इलाका प्रहरी कार्यालय ल्याउनेबित्तिकै जानुकाका श्रीमान ४९ वर्षीय वृखबहादुर थापालाई हिरासतमा पठाएर जानुकालाई मात्रै सोधपुछ सुरु गरियो । तर महिलाले एक घण्टासम्म घटनामा संलग्नता नरेको बताइरहिन् । बरु ती भारतीयसँग अर्को मान्छे पनि आएको र उनीहरू असार ९ गते नै घरबाट निस्किएको भन्दै घटनाबारे केही कुरा थाहा नभएको बताइरहिन् । 

तर प्रहरीले घटनामा संलग्नताको आधार एकपछि अर्को बताउँदै घरमा नयाँ कार्पेट, कपुर आदिको सबै कुरा निकालेपछि करिब एक घण्टापछि बल्ल आँशु झार्दै ‘मैले पनि होइन र मेरो लोग्नेले पनि होइन, दुई जना केटाहरूले मारेका हुन्’ भनेर स्वीकार गरिन् । 

‘को हुन् ती केटाहरू ?’ भनेर सोध्दा जानुकाले सुरेश परियार र शैलेश सापकोटाको नाम लिइन् । तर केटाहरूले किन मारे त भन्दा मलाई यौन दुव्र्यवहार गर्‍यो त्यो पनि मेरो लोग्ने कै अगाडि त्यही भएर मार्ने योजना बनाएको भनेर जानुकाले प्रहरीलाई बयान दिइन् । साथै उनले ५ लाख दिने शर्तमा मार्न लगाएको खुलाइन् । शैलेश जानुकाको भदा थिए भने सुरेश परियार सुपारी दिइएका एक हत्यारा थिए । 

वेश्यालयदेखि हत्यासम्मको शृङ्खला

झापाको अर्जुनधारा नगरपालिका–७ साहसी टोलमा भेटिएको भारतीय नागरिक जापडियाको हत्याको कारण गुजरातकै एक वेश्यालय थियो । वेश्लायमै भएको भेट प्रेम हुँदै हत्यासम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

जानुका थापा २०७६ को मङ्सिर÷पुस महिनामा अफ्रिका जाने भन्दै नेपालका केही दलालहरूका साथ नयाँ दिल्ली पुगेकी थिइन् । तर अफ्रिका नलगेर दिल्लीमा करिब दुई महिना राखेपछि जानुकालाई दलालले गुजरातको वेश्यालयमा पुर्यायो ।

गुजरातकै स्थायी बासिन्दा जापाडिया नरेश कुमार बाबु भाइ उक्त वेश्यालयमा पुग्दा जानुकासँग भेट भयो । जानुकाले आफूलाई फसाएर कसैले यहाँ ल्याएको बताएपछि जापडियाले जानुकालाई त्यहाँबाट उद्धार गरेर गुजरातमै एउटा फ्ल्याटमा लिएर राखे । गुजरातमै करिब डेढ महिना फ्ल्याटमा राखेपछि जानुकाले जापडियालाई फकाएर नेपाल जाने र सम्बन्धमा रहिरहने बताइन् । 

जानुकाको प्रेममा डुबेका जापडियाले जानुकाको प्रस्ताव स्वीकार गरे र जानुकालाई नेपाल पठाउन तयार भए । तर जानुकासँग खर्च पनि नभएको र बाटो पनि थाहा नभएको कारण जापडिया पहिलोपटक जानुकालाई पुर्याउन काकडभित्तासम्म आए । त्यसपछि उनी फर्किए । 

जापडिया गुजरात फर्किएपछि पनि जानुकासँग फोन र ह्वाट्सएपमा निरन्तर कुराकानी भइरह्यो । जानुकाको प्रेममा चुर्लुम्म डुबेका जापडिया जानुकालाई भेट्न बेला बेला झापा आइरहे । त्यसबाहेक जानुका विराटनगरमा रहेका आफन्तकोमा जाने र जापडिया पनि बिराटनगर आएर जानुकासँग भेटघाट तथा बसोबास गर्न थाले । जापडियाले जानुका, जानुकाका बालबच्चा लगायतका लागि कपडा तथा खर्च दिइरहन्थे ।

जानुकाकै कारण जापडियाकी श्रीमतीले गरेकी थिइन् आत्महत्या

जापडिया गुजरातकै करसम्बन्धी काम गर्ने कार्यालयमा काम गर्थे । उनको आम्दानी पनि राम्रै थियो । तर जब जानुकासँग प्रेम सम्बन्धमा परे, तब घरमा खर्च पनि कम दिन थाले । जानुकासँग सम्बन्धमा रहेको कुरा जापडियाको श्रीमतीले थाहा पाइन् । दुईवटा बालबच्चासमेत भइसकेका जापडियाकी श्रीमतीले उनलाई जानुकासँगको सम्बन्ध तोड्न र घर परिवार नबिगार्न पटकपटक आग्रह गरिन् । तर जापडियाले नमानेपछि उनकी श्रीमतीले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएर आत्महत्या गरिन् । 

जापडियाको श्रीमतीले आत्महत्या गरेपछि जानुका र जापडियाको सम्बन्ध झनै प्रगाढ बन्न थाल्यो । जापडियाले जति कमाउँथे, अधिकांश पैसा जानुकालाई नै पठाउन थाले । जापडियासँग सुरुमा के सहमति भएको थियो भनेर जानुकाले प्रहरीलाई बताएकी छैनन् । तर पछिल्लो समय जापडियाले जानुकालाई आफूसँग विवाह गर्न दबाब दिन थालेका थिए । 

लोग्ने छाडेर आफूसँग विवाह गरी बस्न जापडियाले बारम्बार दबाव दिइरहे ।  जानुकाले भने विवाह गर्न मानिनन् । जापडियासँग त पैसा फुत्काउन मात्रै प्रेम गरेकी थिइन्, जानुकाले । अनि जब जानुकाले विवाह गरेर जान मानिनन्, त्यसपछि जापडियाले अहिलेसम्म दिएको पैसा फिर्ता माग्न थाले । त्यसपछि दुई बीच तनाव सुरु भयो । अब जापडियाले कुनै हालतमा नछाड्ने भएपछि जापडियालाई मारेर उन्मुक्ति लिने र रकम फिर्ता नगर्ने जानुका र उनको श्रीमान् लगायतले योजना बनाए । 

हुन त जानुकाका श्रीमान बृखबहादुर थापालाई पनि जानुका र जापडियाको सम्बन्धबारे थाहा थियो । तर जापडियाले पैसा दिइरहेका कारण उनी चुपचाप थिए । वृखको सानो इलेक्ट्रिक पसल भएको कारण उनी बिहानै पसल गएर बेलुका ८ बजेतिर मात्रे घर फर्किन्थे । जापडिया नेपाल आएको बेलामा जानुकाकै घरमा दुईजनालाई छाडेर वृख पसलमा जान्थे र बेलुकामात्रै फर्किन्थे ।

जानुकालाई भेट्न आउने क्रममा नै जापडिया एकपटक पक्राउ परेका थिए । अनुमति नलिई ५९ हजार भारतीय रुपैयाँ बोकेर आएको कसुरमा इलाका प्रहरी कार्यालय रानीले २०७९ वैशाख ४ गते पक्राउ गरेको थियो । पक्राउपछि जापडियालाई विराटनगरको रानी भन्सार कार्यालयमा बुझाएपछि त्यहाँबाट आन्तरिक राजश्व कार्यालय इटहरीमा अनुसन्धानका लागि पठाइएको थियो । त्यहाँ दुई लाख ८० हजार रुपैयाँ धरौटी राखेर जापडिया छुटेका थिए । 

मुद्दाको सिलसिलामा जापडिया नेपाल आइरहनुपथ्र्यो र नेपाल आउँदा उनी जानुकाकै घरमा बस्थे । गत असार ९ गते पनि जापडियाको मुद्दाको तारेख थियो इटहरीमा । त्यो तारेख लिनका लागि जापडिया असार ७ गते नै आएर जानुकाको घरमा आइपुगेका थिए । ७ गते र ८ गते जापडिया जानुकाको घरमै बसी असार ९ गते बिहानै इटहरी गएका थिए । इटहरीमा तारेख लिएपछि जापडिया अपरान्ह करिब ३ बजे नै जानुकाको घरमा पुगे ।

हत्या गर्ने पूर्व योजना बनाइसकेका जानुका र उनका श्रमिान बृखले असार ७ गते नै सुरेश परियारलाई घरमा बोलाएका थिए । असार ७ गतेदेखि नै सुरेश जानुकाका आफन्तको नाता लगाएर घरमा थिए । त्यसैगरी असार ९ गते बिहानै जानुकाका भदा सैलेश सापकोटा पनि आइपुगे ।

अनि असार ९ गते साँझ जापडिया, सुरेश र सैलेश भएर मदिरा सेवन गरे । जापडियालाई अत्याधिक मदिरा पिउन लगाइयो । जब जापडिया मदिराले लठ्ठ भए, त्यसपछि सुरेशले पछाडिबाट जापडियालाई आक्रमण गरे । आक्रमणलगत्तै ढलेका जापडियालाई पछि फलामको हम्मर प्रहार गरियो । टाउकोभरि खाल्डो नै हुनेगरी आक्रमणपछि घाँटीसमेत थिचेर जापडियाको हत्या गरियो । 

जानुकाको समूहले पूर्व योजना अनुसार नै पहिले नै बोरा ल्याएर राखेका थिए । त्यसपछि बोरामा शव राखेर वृखले चलाउने गरेको प्रदेश नम्बर १–०१–०१२ प ८१५० नम्बरको मोटरसाइकलमा शव राखेर सुरेश र सैलेशले उक्त शव खाल्डो खनेर गाड्न लिएर जान्छन् । 

तर असार ९ गते रातको करिब साढे ११ बजे हत्या भएको अर्जुनधारा नगरपालिका–७ डाँडागाउँबाट वडा नम्बर ४ मा पर्ने साहसी बस्ती नजिकैको खेतमा शव पुर्याएर उनीहरूले त्यहीँ रहेको ह्युम पाइपभित्र शव छाडेर फर्किन्छन्  । उक्त रात सबैजना जानुकाकै घरमा पुगेर सुत्छन् । 

भोलिपल्ट बिहानै सुरेशले शर्त बमोजिमको ५ लाख पैसा दिन भन्छन् । तर जानुकासँग त्यहाँ पाँचलाख पैसा थिएन । आफूसँग भएको २५ हजार दिएर दुई दिन पर्खिन भन्छिन् । तर दुई दिनपछि पनि पैसा नपाएपछि सुरेशले जानुकालाई नै थर्काउँछन् । त्यसपछि जानुकाले आफूसँग भएको गहना बेचेर सुरेशलाई १ लाख ७५ थप गरी कुल दुई लाख दिन्छिन् भने भदा सैलेश सापकोटालाई एक लाख दिन्छिन् । त्यसपछि सुरेश इटहरीतर्फ जान्छन् भने सैलेश सिक्किम पुग्छन् ।

जापडियाले करिब ३ करोड खर्च गरेको भाइको दाबी

इलाका प्रहरी कार्यालय बिर्तामोडमा आइपुगेका जापडियाका भाइले जापडियाले जानुका तथा नेपालमा रहेका जानुकाका आफन्तका लागि करिब ३ करोड रुपैयाँ खर्च गरेको दाबी गरेका छन् । जापडियाको भाइको करिब १० लाख रुपैयाँ बराबरको त सुनमात्रै किनेर जानुकालाई दिएको र घर बनाउन, सापटी लगायतका कामका लागि करिब ३ करोड रुपैयाँ दिएको दाबी छ । 

आर्थिक अवस्था राम्रो नभएकी जानुकाले पनि करिब साँढे ५ आना जग्गामा दुई तलाको घर बनाएकी छिन् भने घरमा मार्बल, स्टिलको रेलिङ, फर्निचर लगायतमा राम्रै लगानी गरेकी छिन् । आर्थिक स्रोतको सम्बन्धमा सोध्दा जानुकाका श्रीमान् वृखले जग्गा आफूले किनेको तर घर जानुकाले बनाएको बताएका छन् । जापडियाका भाइले भने जग्गा र घर दुबै जापडियाकै पैसाले बनाएको दाबी गरेका छन् ।स्रोत-रातोपाटी बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!