बिहेको सपना देखाएर एक बिवाहित महिलालाई बला त्कार गरिएको छ ।
भारत, पूर्वी दिल्लीको मण्डावली क्षेत्रमा बिहेको बहानामा एक महिलालाई बला त्कार गरेको घटना सार्वजनिक भएको हो ।
महिला गर्भवती भएपछि आरोपितले जब रजस्ती गर्भ पतन गराउन दबाब दिन थालेका थिए । पीडित युवतीले यसअघि पनि दुईपटक आफ्नो गर्भ पतन गराएको आरोप लगाएकी छन् ।
गर्भ पतन गर्न नमानेको भन्दै आरोपितले पीडितलाई नराम्ररी कु टपिट पनि गरेँ । पिडितले सहन नसकेर प्रहरीमा खबर गरिन् । अनुसन्धानपछि प्रहरीले आरोपीविरुद्ध विभिन्न धारामा मुद्दा चलाएको छ ।
घटनापछि आरोपी राजवीर फ रार छन् । उनको खोजी गरिरहेको मण्डवली प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार ३२ वर्षीया महिला मण्डावली क्षेत्रमा परिवारसँग बस्छिन् । उनको परिवारमा श्रीमान् बाहेक दुई सन्तान पनि छन् । ती महिला पहिले पूर्वी दिल्लीको एक विद्यालयमा कार्यरत थिइन् ।
सोही क्रममा स्कुलमै काम गर्ने राजवीरसँग उनको मित्रता सुरु भयो । दुबैबीच बारम्बार बोलचाल हुन थाल्यो । प्रेम गहिरो हुँदै गएपछि राजवीरले विवाह गर्छु भन्दै महिलालाई परिवार छाड्न दबाब दिएका थिए ।














Discussion about this post