सिरहा/असार ८ गते। लहान अस्पतालका सरकारी कर्मचारी द्वारा अस्पतालमा पुगेका सेवाग्राही सँग अभद्र व्यवहार
लहान अस्पतालका सरकारी कर्मचारी द्वारा अस्पतालमा पुगेका सेवाग्राही सँग अभद्र व्यवहार गरिएको छ l बिभिन उदेश्यले अस्पतालमा पुगेका सेवाग्राही सँग अस्पतालका कर्मचारीले छाडा बोली अभद्र व्यवहार गरेको हो
जनताको कर पसिनाले तलव भत्ता खाइरहेका सरकारी कर्मारीहरुले जनतालाईनै अभद्र व्यवहार गरेपछि स्थानीय र सेवाग्राहीहरु आक्रोसित बनेका थिए l
आक्रोसित सेवाग्राही र कर्मचारी बीच भनाभन भएपछि त्यहाको माहोल अस्तव्यस्त भएको थियो l लहानको उक्त अस्पतालमा यो घटना कुनै पहिलो घटना भने पक्कै होइन l
यसअघि पनि अस्पतालका विभिन्न् कर्मचारीहरु द्वारा अस्पताल पुगेका सेवाग्राहीहरु सँग अभद्र व्यवहार गरेको समेत पाइएको छ l अस्पतालका केही कर्मचारी द्वारा सेवाग्राही सँग यसरी आवेग र जोसमा आएर गरिएको हर्कत र व्यवहारका कारण अस्पतालको प्रशासन र व्यवस्थापनमा समेत प्रश्न चिन्ह खडा गरिदिएको छ।
हेर्नुहोस भिडोयो

















Discussion about this post