सिरहा/असार ८ गते। सिरहाबाट एकजना बाबालाई लागूऔषध गाँजा सहित प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका ४ भुल्केका ६८ वर्षीय चाईनिज बाबा भन्ने रामदियाल राई रहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जनाएको छ ।
मंगलबार करिब २ बजे चाईनिज बाबालाई उनको आफ्नै घरमा लागुऔषध गाजाँ सहित प क्राउ गरिएको हो । उनले लागूऔषध गाँजाको पुरिया बनाई लागुऔषध सेवनकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा प क्राउ गरिएको हो ।
प्रहरीले चाईनिज बाबालाई ४५० ग्राम गाँजा र गाँजा धुलो २५० ग्राम सहित प क्राउ गरेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
फाइल तस्बिर

















Discussion about this post