जनकपुरधाम/जेठ २८ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कु टपिट भएको छ ।

जलेश्वर नगरपालिका-६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कु टपिट गरेको प्रहरीले जनाएको छ ।
स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कु टपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
दुबै महिलामाथि २६ जेठको बिहान कु टपिट भएको प्रहरीले बताएको छ । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेका रहेछन्’ प्रहरी निरीक्षक राईले भने, ‘घटनामा संलग्न दुई जनालाई प क्राउ गरिएको छ ।’
पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कु टपिट गरी ज्या न मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरा र भएका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post