सप्तरी/जेठ २४ गते। सप्तरीमा सोमबार बेलुकी भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुरुङा ३ का ६८ वर्षीय रामनारायण चौधरी रहेका सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट चौधरी सुरुंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलित बनेका थिए । आन्दोलनका कारण अबेर रातिसम्य सडक अबरूद्ध बनेको थियो । अहिले विहान अबस्था सामान्य बनेको छ ।
प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको जनाएको छ ।

















Discussion about this post