सिरहा/जेष्ठ १९ गते। सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको श व बिहीबार बिहान इनारभित्र भेटिएको छ ।
श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको श व आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो ।
‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उनको श व फेला परेको प्रहरीले जनाएको छ ।
श व इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
यता मृ तकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण ह त्या बताएका । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताए ।
साह एक महिना अधिमात्र वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसंग स्थानीयको विवादभएको बताएको छ।

















Discussion about this post