महोत्तरी/जेष्ठ ७ गते । महोत्तरीको बलवा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत दिपककुमार खरेलका अनुसार बलवाको प्रमुख पदमा लोसपा नेपालका रामविजय महतो पाँच हजार ७८३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विनोदकुमार यादवले चार हजार ६७० मत ल्याएका छन्।
त्यस्तै, बलवाको उपप्रमुखमा कांग्रेसका रामदुलारी देवी पाँच हजार १०८ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी लोसपाकी रेखा कुमारीले पाँच हजार ८१ मत प्राप्त गरेकी हुन्।














Discussion about this post