सिरहा/जेष्ठ ३ गते। उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन्। यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका उग्रनारायण त्यतिबेला पराजित भएका थिए।
गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले ३ हजार ९६० मत पाएकी हुन्। उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित भइन्।
पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन्। वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए।
जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादव तथा नेकपा एकीकृत समाजवादी पार्टीका पूर्व मन्त्री रामचन्द्र यादवको गृह गाउँ हो भगवानपुर। यहां नेता यादवको राम्रो पक्कड थियो। अहिले एमालेले दुवैको पक्कड तोडेको छ।यस गाउँपालिकामा गठबन्धन भएको थिएन।





















Discussion about this post