सप्तरी/बैशाख १४ गते। सप्तरीको रुपनी गाउँपालिका–६ की लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कु टिएकी छन् । ससुरा शिवदयाल भगत र श्रीमान् सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले आफूमाथि कु टपि ट गरेको उनको आरोप छ ।
कुटपिटबाट घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चो टपट क लागेको पीडितको भनाइ छ ।
आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान्, जेठानी र नन्दले कु टपि ट गरी अचेत बनाएको लक्ष्मिनियाँले बताइन् । ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ । सोमबार बिहान होसमा आएपछि मात्र ममाथि कु टपि ट भएको थाहा पाएँ,’ उनले भनिन् ।
एक वर्षदेखि दाइजोको निहुँमा पटक–पटक आफूमाथि शारीरिक, मानसिक यातना दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मिनियाँको दुखेसो छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा ससुरा शिव दयाल भगत, सासु सीता देवी भगत, पति सञ्जिव भगत, जेठानी अन्जु भगत, नन्द रन्जु भगत र गाउँकै नाता पर्ने विणा भगतले निर्घात कु टपि ट गरी घाइते बनाएको किटानी जाहेरी दर्ता गर्दा पनि प्रहरी प्रशासनले कारबाही नगरेको उनको आरोप छ ।
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कु टपि टमा संलग्न ससुरा शिव दयाल भगतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिए ।
रौतहट माइती भएकी उनी र सञ्जिवबीच चार वर्षअघि मागी विवाह भएको थियो ।
साभार स्रोत-शिलापत्र अनलाईन बाट

















Discussion about this post