उमेश कुमार साह/सप्तरी/वैशाख ९ गते। सप्तरीको बोदे बर्साईन नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा )नेपालले मेयर र उपमेयरका उम्मेद्वार चयन गरेको छ। वर्तमान मेयर आतेश कुमार सिंह यादवलाई नै जसपाले मेयरमा उठाउने छ ।
यस्तै उपमेयरमा रेणु कुमारी साह लाई सर्वसम्मत रुपमा सिफारिस गरिएको जसपा नेपाल बोदे बर्साईन नगर समितिको अध्यक्ष तथा जसपा नेता अरुण यादवले जानकारी दिए ।
२०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर चुनिएका थिए । उनले ४ हजार ५४७ मत ल्याएका थिए ।
उपमेयरमा भने तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट रन्जु कुमारी साह निर्वाचित भएकी थिइन् । ३ हजार ७२१ मत ल्याएकी उनले राष्ट्रिय जनता पार्टी नेपालकी रेनु कुमारी साहलाई ९१ मतले हराएकी थिइन् । अहिले बोदे बर्साईन नगरपालिका उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छिन।
जसपा नेपालबाट बोदे बर्साईन नगरपालिकाको मेयर पदमा आतेश कुमार सिंह यादव र उपमेयर पदमा रेनु कुमारी साहलाई उठाउने पार्टीले निर्णय गरेका छन।















Discussion about this post