जनकपुरधाम/बैशाख ४ गते । जनकपुरधाममा श्री हनुमान जयन्ती एवं जनकपुरधाम दिवस मनाइएको छ ।
गौ संरक्षण मञ्च नेपालको आयोजनामा शनिबार जनकपुरधामको राम युवा कमिटीको प्रांगणमा एक समारोहको आयोजना गरी हनुमान जयन्ती एवं जनकपुरधाम धाम दिवस मनाइएको हो ।
सो समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विगतमा जनकपुरधाममा तयार भएका शहीदद्वार र महावीर ध्वजाको निर्माणको विचार गौ संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष जगदीश महासेठबाट आफुले पाएको जिकिर गरे । उनले जनकपुरलाई जनकपुरधाम बनाउन पनि महासेठको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
मञ्चका अध्यक्ष महासेठको सक्रियतामा भएको सो कार्यक्रममा स्थानीय व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । यता हनुमान जयन्तीको अवसरमा जनकपुरधाम सहित मधेश प्रदेशको विभिन्न जिल्लामा रहेको हनुमान मन्दिरहरुमा बिशेष रुपमा पूजाको आयोजना गरिएको छ भने ठाउँ ठाउँमा किर्तन भजनको आयोजना गरी यो दिवस धुमधामका साथ मनाइएको छ । त्यसै गरी यस अवसरमा जानकी मन्दिर लगायतका मन्दिर हरुमा पनि हनुमानको विशेष पूजाको आयोजना गरिएको थियो।














Discussion about this post