अरुण कुमार यादव/राजविराज/चैत २७ गते । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व.नेता गजेन्ऽ नारायण सिंहको राजनीतिक योगदानको स्मरण गर्दै आज ९७ औ जन्मजनती एवम स्मरनीय दिवस मनाइएको छ ।

नेपाल सद्भावना पार्टीले सप्तरीको राजविराजमा रहेको स्व.नेता सिंहको सालिकमा फुलमाला अर्पण गरि ९७ औं जन्मदिन मनाएको हो । पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोको सभाफतित्वमा आइतबार आयोजित कार्यक्रममा मधेसी जनताको हितमा सदेव लडि रहने नेता सिंहले मधेशका लागि गरेको योगदानको स्मरण गरेका छन ।
सो त्रममा पार्टीका राष्ट्रिय अध्यक्ष महतोले गजेन्द्रबाबुले आफनो लक्षय छोडेका अधुरा कार्यहरु आफनो पार्टीले गर्न तयार रहेको बताए । उनले मधेसी जनजाती,पिछडा वर्ग र उत्पीडनमा परेकाहरुको अधिकारको लागि आफु संघर्ष गरिहेको बताउदै अगामी २०७९ सालको स्थानियतहको चुनमावमा सदभावना पार्टीलाई भोट दिएर जिताउन जनतालाई आग्रह गरेका छ ।

ऊक्त कार्यत्रममा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतो,केन्द्रीय महामनत्री नागेन्द्र सिाह,केन्द्रीय नेता दशरथ यादव, सिरहा जिल्ला अध्यक्ष जिवछ यादव र नेता प्रमेश यादव लगायतका उपस्थित रहेको थियो ।
त्यस्तै सप्तरीको राजविराजमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गजेन्द्र नारायणको शालिकमा माल्यार्पण गरेका छन । लोसपाका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा स्व. सिंहको शालिकमा माल्यार्पण गरेका हुन ।
आयोजित कार्यक्रममा लोसपा नेता दिपेन्ऽ चौधरी, राजविराज नगरपालिकाकी उप–प्रमुख साधना झा लगायतले मधेश अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व. सिंहको राजनीतिक योगदानको स्मरण गर्दै भावी पुस्ताका लागि यो अनुकरणीय रहेको बताएका थिए ।
वि.सं.१९८५ चैत रामनवमीका दिन सप्तरीको कोइलाडीमा जन्म भएको थियो । सिंहले २०४७ सालमा सद्भावना परिषद् हुादै नेपाल सद्भावना पार्टीको गठन गरेका थिए ।

















Discussion about this post