अरुण कुमार यादव/सप्तरी/चैत २७ गते। विद्यालय स्वास्थ तथा पोषण सप्ताहको उपलक्ष्यमा २५ चैत देखी संचालन भएको बाल भिते पत्रीका तालिम आज समपन्न भएको छ ।

सो तालिम सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा खडक नगरपालिका वडा न ८ को समन्वय तथा नगर बाल क्लब सन्जालको आयोजना गरेका र प्रतेक वडा तीन – तीन बालबालिका सहभागीता संचालन गरेको भनी संजालको अध्यक्ष प्रहलाद चौधरीले जनाउनु भयो ।
आयोजना गरेको कार्यक्रममा बालबालिकालाई विद्यालय स्वास्थ तथा पोषण सप्ताह बारेमा साथै बाल भिते पत्रीका प्रकाशन गरेको थियोे । खडक नगरपालिकाका वडा न ८ को अध्यक्ष तथा वडा बाल संरक्षण समितिको संयोजक मो इशराइल ज्युको अध्यक्षतामा तालीम संचालन भएको थियो ।

तालीमको मुख्य उदेश्य तलिम पश्चात बाल भिते पत्रीका प्रकाशन गर्न र बोलाइ तथा लेखाइको हुने गरि संचालन गरेको थियो ।नगर बाल संजालको प्रहलाद चौधरीले तथा सबल नेपालको कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले तालिम सन्चालन गरेको थियो ।

उक्त तालीममा सेभ द चिल्ड्रेनको उमेश कुमार गुप्ता सबल नेपाल बाट खडक नारायण चौधरी , खडक नगरपालिका बाट प्रसासन शाखाको रामाकान्त चौधरि, महिला तथा बालबालिका शाखा अनिता कुमारी साहको बिच बिचमा तालिमको अनुगमन गरिको र तालीम सम्पन्न भएको थियो ।

















Discussion about this post