अरुण कुमार यादव/सप्तरी/चैत्र १४ गते। भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउापालिका ६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल गण ७ हेड क्वाटर सप्तरीबाट खटिएको टोलीले आापको बगैचा हुदै भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा एक ब्यक्तिलाई चेकजााच गर्दा एक नालको एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
चेकजााचको क्रममा झोला फालेर भेगेपछि प्रहरीले खोलेर हेर्दा कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्याममणी ढकालले बताउनुभयो ।
यता फेला पारेका उक्त पेस्तोललाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा दिएको र कटुवा पेस्तोल फालेर भागेका ब्यक्तिको खोजि भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यसैबिच अगामी बैशाख ३० गते स्थानिय निर्वाचन हुने भएकाले प्रहरीले सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ ।

















Discussion about this post