nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १२, २०७८, २:५१ मध्यान्ह
स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

काठमाडौं/चैत १२ गते। गत १ साउनदेखि फागुन मसान्तसम्मको सात महिनामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् ।

राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या यो वर्ष धेरै देखिएको बताए । उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको राजीनामाभन्दा यो वर्षको आठ महिनामा दोब्बरको राजीनामा आएको छ । गत आर्थिक वर्षमा ७९७ जना शिक्षकले राजीनामा दिएका थिए ।

राजीनामा दिनेको संख्या बढ्नुमा स्थानीय तहहरूले ल्याएको स्वेच्छिक अवकाश प्रोत्साहन रकम मुख्य कारण रहेको खकुरेलले बताए । सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ सार्वजनिक गरेको थियो । उक्त कार्यविधि अनुसार विद्यालयहरुलाई शिक्षक दरबन्दी मिलान गर्न भनिएपछि केही स्थानीय तहहरुले स्वेच्छिक अवकाश लिन चाहने शिक्षकलाई प्रोत्साहनबापत निश्चित रकम दिने घोषणा गरेका छन् ।

कार्यविधिमा शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्थाले विद्यालयका विद्यार्थी संख्या र हिमाल, पहाड तथा तराईका लागि शिक्षक विद्यार्थी अनुपात क्रमश चालिस, पैंतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा लिन भनेको छ ।

दरबन्दी मिलान गर्दा सामाजिक न्याय, समानुपातिक वितरण, भौगोलिक विषमतालाई ध्यान दिँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा जोड दिन विद्यालयमा बढी भएको शिक्षक दरबन्दी स्थानीय तहमा, स्थानीय तहमा बढी भएको दरबन्दी जिल्लामा, जिल्लामा बढी भएको दरबन्दी प्रदेशमा र प्रदेशमा बढी भएको दरबन्दी केन्द्रमा पुलमा राखी शिक्षक दरबन्दी कम भएका विद्यालय, स्थानीय तह र प्रदेशमा मिलान तथा पुनर्वितरण गर्ने भनिएको छ ।

यो कार्यविधि लागू गर्नुपर्ने भएपछि पालिकाहरूले पुराना शिक्षकको ठाउँमा नयाँ शिक्षक ल्याउने वातावरण बनाउन पुराना शिक्षकलाई न्यूनतम एक लाखदेखि पाँच लाखसम्म दिने गरी स्वेच्छिक अवकाश योजना ल्याएका छन् । त्यसको कारण सेवा अवधि बाँकी रहेका शिक्षकहरूले राजीनामा दिइरहेको महानिर्देशक खकुरेल बताउँछन् । उनी भन्छन्, ‘अहिले राजीनामा दिनुको मुख्य कारण पालिकाहरूले दिने प्रोत्साहन देखिएको छ ।’

यस्ता छन् स्वेच्छिक अवकाश योजना

ललितपुर महानगरपालिकाले महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा कार्यरत सेवा अवधि बाँकी रहेका ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकहरूले स्वेच्छिक अवकाश लिन चाहेमा बाँकी सेवा अवधिका आधारमा एक लाखदेखि तीन लाखसम्म रकम दिने घोषणा गर्‍यो ।

महानगरपालिकाले २०७८ साउनदेखि अवकाश लिन एक वर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाखदेखि ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरूको लागि तीन लाख दिने नगर शिक्षा समितिको निर्णय गरेको भनी २०७७ चैत १९ गते सूचना जारी गरेको थियो ।

उक्त सूचना पश्चात २३ जना शिक्षकले महानगरपालिकाले दिएको सुविधा लिएर स्वेच्छिक अवकाश लिएको महानगरपालिकाका शिक्षा महाशाखाका कर्मचारी शेषकान्त पौडेलले जानकारी दिए ।

एक जना निमावि तहका शिक्षक र २२ जना प्रावि तहको शिक्षकले अवकाश लिएको उनले बताए । स्वेच्छिक अवकाश लिन चाहने शिक्षकको लागि छुट्याएको ६० लाख मध्ये ५३ लाख सकिएको उनले बताए ।

दरबन्दी मिलान गर्दा कटौती गर्नुपर्ने अवस्था नभए पनि धेरै वर्ष गरेकाहरू बिदा लिन चाहेको अवस्थामा नयाँ शिक्षक ल्याउँदा शैक्षिक स्तर उकास्न सकिने अपेक्षासहित सुविधा दिइएको पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘हामीलाई दरबन्दी फिर्ता दिनुपर्ने जरुरी त थिएन । पुराना शिक्षक गए भने नयाँ योग्य शिक्षक ल्याउन पाइन्छ भनेर जान चाहनेलाई अवसर दिइएको हो ।’

भक्तपुरको सूर्यविनायकले दरबन्दी मिलान सहज पार्नको लागि स्वेच्छिक अवकाश लिन चाहने शिक्षकलाई सेवा अवधिको आधारमा डेढ लाखदेखि साढे तीन लाखसम्म दिने घोषणा गरेको थियो । नगरपालिकाले घोषणा गरेको सुविधा अनुसार ३४ जना शिक्षकले अवकाश लिएको शिक्षा, युवा तथा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले बताइन् ।

शिक्षकलाई दिएको सुविधा बापत एक करोड बढी रकम खर्च भएको जानकारी दिइन् । चालु आर्थिक वर्षको सुरु महिनामै सुविधा दिएर बिदा गरेको बताइन् । उनले भनिन्, ‘इच्छुकले स्वेच्छिक अवकाश लिएर जाने जानुभयो । अरु बढी भएको दरबन्दी फिर्ता दिनु भन्ने विभागको निर्देशन अनुसार दुई वटा बाँकी छ । अरु दिइसकेका छौं ।’

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पनि ‘स्वर्णिम शिक्षक अवका’ योजना ल्याएर स्वेच्छिक अवकाश लिन चाहने शिक्षकलाई अवसर दियो । बाँकी सेवा अवधिको आधारमा स्वेच्छिक अवकाश लिन चाहने शिक्षकलाई दुई लाखदेखि पाँच लाखसम्म दिएको छ ।

शिक्षा शाखा अधिकृत रामबहादुर घलानको अनुसार पालिकाले दिएको सुविधा अनुसा १३ जना शिक्षकले अवकाश लिएका छन् । लामो अवधि शिक्षण सेवा गरेका शिक्षकहरूले दरबन्दी मिलान प्रक्रियालाई सहज बनाउन सहयोग गरेको घलान बताउँछन् ।

स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

0
1.8k
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

नुनुता राई नुनुता राई
२०७८ चैत ११ गते ६:५४

११ चैत, काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात महिनामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् ।

‘दरबन्दी मिलान गर्दा उहाँहरू अन्यत्र पर्ने सम्भावना कम थियो । हामीले पठाउँदा नयाँ व्यक्तिहरूलाई पठाउनुपर्थ्यो। शिक्षण सिकाइमा प्रविधिको प्रयोग हुन थालेको छ । उहाँहरूलाई प्रविधिसँग अपडेट हुन पनि गाह्रो भइरहेको थियो । स्वेच्छिक अवकाश लिएर पालिकालाई सहयोग पुर्‍याउनुभएको छ’ उनले भने । पालिकाले ‘स्वर्णिम शिक्षक अवकाश’ शीर्षकमा ४६ लाख रुपैयाँ खर्च गरेको छ ।

काभ्रेको पनौती नगरपालिकाले गत आर्थिक वर्षमा नै १५ जना शिक्षकलाई स्वेच्छिक अवकाश दिएको छ । अवकाश लिने शिक्षकलाई एक लाखदेखि तीन लाखसम्म दिने निर्णय गरेको थियो ।

शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ ले व्यवस्था गरेको शिक्षक विद्यार्थीको अनुपातको आधारमा पनौती नगरपालिकामा शिक्षकको संख्या बढी देखिएको थियो ।

कार्यविधि अनुसार दरबन्दी कटान गरेर पठाउँदा नयाँ शिक्षक कटौती गर्नुपर्ने र त्यसले नगरपालिकामा शैक्षिक क्षति हुने भएकोले नगरपालिकाले मिलान गर्नको लागि लामो समय सेवा गरेका र थोरै सेवा अवधि बाँकी रहेकालाई प्रोत्साहन अनुदान व्यवस्था गरिएको नगरपालिकाका शिक्षा शाखा स्रोत व्यक्ति महेश्वर जंगमले बताए । दरबन्दी मिलान सहज बनाउन र सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि यो सुविधा ल्याएको जंगम बताउँछन् ।

नगरपालिकाले सेवा अवधिको आधारमा न्यूनतम एक लाख पचास हजारदेखि तीन लाखसम्म सुविधा दिने घोषणा गरेको थियो । १५ जना शिक्षकले स्वेच्छिक अवकाश लिँदा ३९ लाख ५० हजार नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरी ‘प्रोत्साहन अनुदान’ दिएको जंगमले बताए ।

यस बाहेक निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षक पेसामा आवद्ध रहेकालाई कुनै पनि पार्टीको कार्यसमितिमा बस्न र महाधिवेशन प्रतिनिधि बन्न रोक लगाएपछि पनि धेरै शिक्षकहरूले राजीनामा दिएका थिए ।

अहिले पनि राजीनामा दिन आउने केही शिक्षकहरू भने राजनीतिमा सक्रिय हुने योजना सुनाउने गरेको महानिर्देशक खकुरेलले बताए । उनले भने, ‘हरेक दिन राजीनामा दिन आइरहनुभएको हुन्छ । अनौपचारिक कुरामा किन भन्दा भनेर सोध्छु उहाँहरू स्थानीय तहको चुनावमा लड्नलाई छोड्न लागेको हो भन्नुहुन्छ ।’

अनिवार्य अवकाशसहित यो आठ महिनाको अवधिमा तीन हजार ४९२ जनाले निवृत्तिभरण पत्र लिइसकेको र अझै बढ्ने राष्ट्रिय किताबखाना (शिक्षक) जनाएको छ ।

Tags: शिक्षा

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!