nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेल्वे अध्यादेश : जनकपुर-जयनगर रेलमार्गमा यात्रुलाई सेवा दिन सकिने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ८, २०७८, ९:३८ मध्यान्ह
आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

काठमाडौं/चैत ८ गते । सरकारले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको छ । योसँगै सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी छिन् । कानुन नहुँदा रेलले औपचारिक रुपमा उद्घाटन भएर कहिलेदेखि यात्रु सेवा थाल्छ भन्ने टुंगो लाग्न सकेको थिएन । अब एक-दुई दिनमै रेल सञ्चालनको मिति तय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।

२२ वैशाख, २०७८ र १५ मंसिर २०७८ मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएको थियो । अहिले पनि यसअघि जारी भएका अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर अध्यादेश जारी गरिएको छ ।

रेल्वे कम्पनीका अनुसार टिकट छाप्नेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पनी कोंकण रेल्वेसँग सम्झौता गर्नेसम्मका सबै काम भइसकेका छन् । भारतले ५ कात्तिक २०७८मा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको थियो ।

भारतले सन् २०१४ बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो ।

३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ -सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई प्रोसिड्योरले सम्बोधन गरेको छ ।

महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि सहमति भइसकेको छ ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र प्रशिक्षण दिन  भारत सहमत छ ।

जनकपुर-जयनगर रुटमा चलाउन तामझामसहित असोज २०७७ पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो । पछिल्लो महिनामा भने परीक्षणका रुपमा रेल नियमित रुपमा रित्तै चलाउन सुरु गरिएको थियो । गत हप्तादेखि रेल दिन बिराएर चलाउन थालिएपनि यात्रु चढाइएको छैन ।

ल्याएको रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतको कोंकण रेल्वेसँग सम्झौता गरेको छ ।  नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँमा किनिएको नयाँ रेल अब चलाउन ढिलाइ नगरिने रेल विभागका महानिर्देशक दीपक भट्टराई बताउँछन् ।

‘सबै तयारी सकिसकेका छौं, अब औपचारिक रुपमा यात्रु सेवा सुरु हुन्छ,’ उनी भन्छन्,’कानुनको अभावले मात्रै रेलमा यात्रु चढाउन सकेका थिएनौं ।’

साभार स्रोत-अनलाईन खबर बाट

Tags: नेपाल रेल्वे

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!