nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको जलेश्वरमा शिव आगमनको आभास

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०७८, ८:२१ मध्यान्ह
आज जलेश्वरनाथको दर्शन गरि जेठ १९ गते सोमबार को राशिफल हर्नुहोस

जलेश्वर/फागुन १६ गते । शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ् गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ । कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ् गलबार गरिँदै छ ।

शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो )। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले मन्दिर सिँगार्ने काममा दर्जनाँै कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान छ ।

शिवरात्रिको पूर्वसन्ध्यामा जलेश्वर नगरपालिका–१ स्थित मन्दिरमा जलेश्वर महादेव आइसक्नुभएको आभास भइरहेको जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ । अनादिकालमा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र बाबा तसमैया घना जङ्गलमा बसेका बेला शिवले जगदीशनाथलाई सपनामा महादेव मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका पुजारी पाठक बताउनुहुन्छ । बाबा जगदीशनाथले जङ् गलमा बाघ, भालु, हात्ती जस्ता जनावर रहने भएकाले कोही पनि कामदार काम गर्न नआउने बताएपछि स्वयं रुद्रले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गराइदिएको भनाइ छ । जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढीमुनि जमिनभित्र छ जहाँ २४ सै घण्टा जल भरिएको हुन्छ ।

जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन नै जलमा विराजमान रहने विश्वास छ । मन्दिरमा शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न त्यहाँको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्छ ।

मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्छ । त्यतिबेला यहाँ विशेष पूजाआइतवारा हुने र प्रत्यक्ष दर्शन पाइने विश्वास छ । मन्दिरको पानी फालेर शिवलिङ्गको दर्शन गराउने चलन छ । भित्रको पानी मोटर वा दमकल लगाएर फाल्न सकिन्न । धेरैले धेरैपटक पानी फाल्न प्रयास गरिसके पनि सकेका छैनन् ।

मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा देखिने र भक्तजनले दर्शन पाउने भनाइ छ तर पानी एकै छिनमा पुनः भरिइहाल्छ । त्यसैले पटक पटक पानी फ्याँकेर भक्तजनलाई दर्शन गराउने गरिन्छ जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाको जमात लागिपरेका हुन्छन् । गुफासहितको पानीमुनि शिव विराजमान रहेको मन्दिर कहिले बनेको भन्नेबारे कुनै प्रमाण भने छैन । भनिन्छ, रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआइतवाराका साथै मन्दिर र महादेवका बारेमा प्रचारप्रसार गर्नुभयो । जलेश्वरको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुन्ने समाधि लिनुभयो । उहाँको सानो मन्दिर पनि जलेश्वरनाथ मन्दिरको सामुन्ने अझै छ ।

समयको कालखण्डसँगै नेपालमा शाहवंशी राज्य भएको बेला विक्रम संवत् १८६७ मा राजा गीर्वाणयुद्धविक्रम शाहले तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७ ) मा शिकार खेल्न आएका बेला जलेश्वरनाथ मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआइतवाराका लागि २७५ बिघा जग्गा र चार महापोखरी दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ जसलाई मौजेका नाउँमा बुझ्न थालियो । मौजेका रूपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर तथा वरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरी पनि पाएको थियो ।

शिवपुराणमै उल्लेख भएअनुसार जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको वरुण सरोवरमा स्नान र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणीमात्रले मुक्ति पाउने गर्छ । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेका दर्जनौँ मौजे र महापोखरीबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआइतवारा, शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकको स्वागतसत्कारसमेत हुने गरेको थियो । त्यस बेला मन्दिरमा पूजाआइतवाराका लागि द्वेन्द्व गिरी नाउँका पुजारी थिए । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेका थिए । समय बित्दै जाँदा विसं १९९५ मा बडाहाकिम रामशम्शेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठुल्ठुला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे । महामन्दिर निर्माण गर्न बडाहाकिम रामशम्शेरले त्यस बेला रु २५ हजार खर्च गरेका थिए ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुको प्रयोग गरिएको थियो । महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरका पुजारी राजनारायण गिरी थिए । बाबा जलेश्वरनाथ महादेव मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन, वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पुजारी पाठक बताउनुहुन्छ । जलेश्वरनाथको महिमा तथा उनको भलाइको गुणगान महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही, सिन्धुली जस्ता छिमेकी जिल्ला तथा नेपालका विभिन्न ठूला –साना सहर तथा गाउँ र राजधानी काठमाडौंँमा समेत भएको उल्लेख छ । यसका अलावा भारतका पटना, दरभङ्गा, मुजफ्फरपुर, सीतामढी, मधुवनीलगायत सहरमा पनि जलेश्वरनाथको व्यापक चर्चा छ । सोही कारण उहिले र अहिले पनि उल्लिखित ती स्थानबाट बर्सेनि जलेश्वरनाथको दर्शनका लागि लाखौँ पर्यटक (दर्शनार्थी) आउने गर्छन् । मन्दिरसँग सयौंँ बिघा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकाले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो । समय बित्दै जाँदा पद्मशम्शेरले आफ्ना पालामा मन्दिरको अधीनमा रहेको जग्गा आफ्ना गुरुपुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायत चार–पाँच दाजुभाइलाई दान दिएको बताइन्छ । पद्मशम्शेरले दान दिएपछि गुरुपुरोहित र उनका सन्तानले मौजे बेचेर खाएपछि विस्तारै मन्दिरको दिन बिगिँ्रदै गएको पुजारी पाठक बताउनुहुन्छ ।

विसं १९८३ को श्रेस्तामा सयौँ बिघा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ । त्यसैगरी विसं २००२ सम्म मन्दिरको महन्थका नाउँमा मौजेहरू रहेको उल्लेख छ तर मन्दिरका सयौँ बिघा जग्गाको मौजे विसं २००८ देखि हराएको छ । यसरी सयौंँ बिघा जग्गा दानका नाउँमा हराए । मन्दिरका चार महापोखरी अहिले जलेश्वर नगरपालिकाले आफ्नो कब्जामा लिए पनि मन्दिरलाई कुनै सहयोग नगरेको गुनासो सर्वसाधारणको छ । मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गीर्वाणयुद्धविक्रम शाहले दान दिएको २७५ बिघा जग्गा र चार महापोखरी अझै पनि सुरक्षित छ । कुनै बेला चार महापोखरी र २७५ बिघा जग्गाको मालिक रहेका जलेश्वर महादेवलाई अहिले पूजाआइतवारा र भोग (प्रसाद) का लागि केही छैन । मन्दिरमा आएर पूजाआइतवारा गर्ने भक्तजनलाई मालामाल बनाइदिएका जलेश्वरनाथ आफू भिक्षा र भेटीका भरमा बस्नुपरेको पुजारी पाठकले बताउनुभयो । कुनै बेला सयौंँ बिघा जग्गा र चार महापोखरीको मालिक रहनुभएका बाबा जलेश्वरनाथ आइतवार साँच्चिकै भिखारी हुनुभएको छ । आइतवार मन्दिरसँग केही पनि छैन । बाबा अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोगमा निर्भर हुन पुगेको पुजारी पाठकले गुनासो गर्नुभयो । मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआइतवारा तथा प्रसाद चल्ने गरेको छ । यसका अलावा मन्दिरमा २४ सै घण्टा खटिने पुजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरूको पनि दिनचर्या भक्तजनकै दानदातव्यबाट चल्ने गरेको जनाइएको छ ।

आइतवारसम्मको इतिहासमा कुनै पनि दिन बाबाको पूजाआइतवारा प्रभावित नभएको, भोग –प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पुजारी पाठक बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कहाँबाट कसले कतिबेला ल्याइदिन्छ, थाहा हुँदैन, सबै बाबा महादेवको कृपाले चलेको छ ।” बाबा जलेश्वरनाथ तीन– चार वर्षदेखि टेकाको भरमा बस्नुभएको छ । मन्दिरमा पछि निर्माण गरिएको बाहिरी विशाल मन्दिर शिवलिङ्गको ठीकमाथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको पुजारी पाठक बताउनुहुन्छ । उहाँका अनुसार तीन वर्ष पहिले २०७५ सालमा अचानक एकदिन मन्दिरको भित्री भागमा झुकेको देख्दा तुरुन्तै फलामका दुई मोटा मोटा टेको लगाइयो । मन्दिरको जीर्णावस्थाबारे जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई जानकारी गराउनाका साथै पटक पटक बोलाएर अवलोकनसमेत गराइएको छ । यसका अलावा तीन वर्षका बीच पुरातत्त्व विभागबाट पनि चार पटक विज्ञ आएर मन्दिरको अवस्था हेरेर गए पनि मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको दुखेसो पुजारीले पोख्नुभयो । जीर्ण तथा ढल्ने अवस्थामा पुगेको पौराणिक जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मत सम्भार गरी संरक्षण, संबद्र्धन र व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न/गराउन सरोकारवालासँग मन्दिर परिवारका साथै बाबाप्रति आस्था राख्ने सबैले माग गरेका छन् ।

महाशिवरात्रि पूजाको अवसर पारेर अहिले मन्दिरलाई दुलही झैंँ सिंगारिने काम तीव्र रुपमा भइरहेको छ । यस वर्ष महालिङ् गको दर्शन करीब तीन लाख भक्तजनले आउने अनुमान रहेको जलेश्वर महाशिवरात्रि महोत्सवका संयोजक राकेशकुमार साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जलेश्वरनाथ महादेवको विशेष पूजा (शिवरात्रि) का अवसरमा मन्दिरदेखि ५०० मिटरसम्म भव्य पन्डाल, झिलीमिली बत्ती, फूलमाला र विशेष प्रकारको ध्वनिले सजाइएको छ । मन्दिरभित्र पनि आकर्षक पन्डाल रहेको र सम्पूर्ण मन्दिरलाई नै सयपत्री फूलको मालाले छोपेर सजाइएको संयोजक साहले बताउनुभयो ।-रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!