अरुण कुमार यादव/सप्तरी/फागुन ११ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.९ पत्थरगाढामा आज साझ करेन्ट लागेर एक ब्यक्तिको मृ त्यु भएको छ ।
स्थानिय ४२ बर्षीय महादेव साहको करेन्ट लागेर मृ त्यु भएको प्रहरीले जनएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नया घरमा पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो ।
करेन्ट लगेर घाइते भएका उनलाई तत्कालै उपचारको लागी राजबिराज स्थित छिन्नमस्ता अस्पताल ल्याउदै गर्दा अहिले ७ बजेर ३० मिनेटमा मृ त्यु भएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो । यता घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















Discussion about this post