सिरहा/फागुन ६ गते। प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई प्रहरीले प क्राउ गरेको छ ।
सिरहा सदरमुकामको एक होटलबाट बिहीवार साँझ ब्राउन सुगर सहित सिरहा नगरपालिका–६ बसपिट्टाका भुटाई भन्ने आमोद यादव प क्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ब्राउन सुगर सहित होटलमा पुगेको खबर पाएपछि खटिएका प्रहरी टोलीले यादवलाई प क्राउ गरेको छ भने अर्का एक जना फ रार भएको प्रहरीले जनाएको छ ।
प क्राउ परेका यादवलाई प्रतिबन्धित ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसंधान थालिएको प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताएका छन् ।

















Discussion about this post