अरुण कुमार यादव/फागुन ५ गते । फेवररी महिना आयोडिन महिना “नुन धेरै खाउ तर सहि मात्रामा आयोडिन भएको नुन खाउ नारा सहित आज यहा बक्तृतकला प्रतियोगिता सम्पन्न भएको छ ।

२०७८ को अवसरमा सेभ द चिल्ड्रनकोृ सझेदारीमा सबल नेपाल द्धारा आयोजित जिल्लाको खडक नगरपालिका वडा नंं १० महेन्द्र माबिमा एक दिवसय आयोजित बक्तृतकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रमुख अतिति खडक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी र सोही बिद्यालयको साहायक प्र .अ प्रमोद कुमार यादवको अध्यक्षतमा सो बक्तृतकला प्रतियोगिता सम्पन्न भएको सबल नेपालका सुपरभाजर अशोक कुमार साहले जानकारी दिए ।

आयोजित बक्तृतकला प्रतियोगिता मा उत्कृष्ट छतिश कुमार साह, प्रथम दुगानन्द चौधरी,दोश्रो सिद्वि मंडल,तेश्रोमा राजु कुमार मंडल सहित सान्तोना प्राप्त गरेकालाई पुरस्कार बितराण समेत गरेका छन । उत्कृष्ट प्रथम दोश्रो,तेश्रो हुनेलाई कापी,जुमेट्री बक्स,प्रमाणपत्र बलपेन, सान्तोना प्राप्त गरेकालाई समेत पुरस्कार प्रदान गरेका थिए ।
यस्तै सुरुङगा नगरपालिका बाल बालिका शाखाका प्रमुख रिन्कु यादबको प्रमुख अतिथिमा वडा न .४ कनकपुरआधारभुत बिद्यालयमा आयोजित बक्तृतकला प्रतियोगितामा पुरस्कृत भएकालाई पनि पुरस्कार बितरण गरेका छन ।
त्यहा उत्कृष्ट हुनेमा पुर्णिमा चौधरी, प्रथम हुने पशुपति चौधरी , दोश्रो प्रियका चौधरी, तेश्रो छाया चौधरी लगायतकालई पुरस्कार बितरण गरेका छन । यो कार्यक्रममा बिभिन्न बाल क्लबका बालबालिकाहरु समावेश भएका थिए । यस कार्यक्रममा सबल नेपालका फिल्ड अधिकृत सुष्मा साह, अमित कुमार साह, खडक नारायण चौधरी र सुपरभाइजर निर्माला चौधरी ,अम्बिका चौधरी , सामुदायिक परिचालक लगायतका सहभागिता रहेको थियो ।
यस्तै कार्यक्रमहरु खडक र सुरुङगा नगरपालिकाको बिभिन्न वडामा रहेका बिद्यालयहरुमा फेवररी महिना आयोडिन महिना नुन धेरै खाउ तर सहि मात्रामा आयोडिन भएको मात्र खाउ नारा सहित बक्तृतकला प्रतियोगिता भइरहेको जनाइएको छ ।यस कार्यक्रम बारे सबल नेपालका अध्यक्ष जुना गिरिले बिचबिचमा अनुगमन गर्ने गरेका थिए ।

















Discussion about this post