nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुर्ती खेतीबाट आम्दानी बढाउँदै महोत्तरीका किसान

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०७८, ८:१७ मध्यान्ह
सुर्ती खेतीबाट आम्दानी बढाउँदै महोत्तरीका किसान

गोपाल प्रसाद बराल/महोत्तरी/फागुन ३ गते। जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् ।

अहिले यस नगरपालिकामा गाभिएका यसअघिका पडौल, बदियाबन्चौरी, बनौटा र धमौरा गाविस क्षेत्र सुर्ती खेतीका लागि उर्वर बन्दैछ । यो चुरोट बनाउने नभएर चुनामा मोलेर खाने सुर्तीको खेती हो ।

एक दशकअघिसम्म परम्परागत अन्न बाली मात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेपछि किसानले वैकल्पिक खेतीका रुपमा सुर्तीलाई रोजेका हुन् । सुर्ती खेती गर्न लागेपछि घरको गुजारा चलाउन सहज हुनाका साथै नगद पनि सञ्चय गर्न थालिएको यहाँका किसानको भनाइ छ ।

कम सिँचाइमा पनि बढी उत्पादन लिन सकिने र भण्डारण एवम् प्याकिङको काम गर्न घरका परिवारले भ्याउने भएपछि सुर्ती खेतीलाई प्रमुख बालीको रुपमा स्थान दिइएको पडौलका राजकिशोर यादवले बताए । रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठ्यारो नपरेको उनको भनाइ छ ।

‘रोप्ने र गोड्ने बेलामा चाँही श्रमिक चाहिन्छ, त्यतिखेर भ्याइनभ्याई पर्छ,’ यादव भने, ‘यो खेतीमा सुकेका पात छिमल्ने, काट्ने, पात चुँड्ने, सुकाउने, सुकेका पात वर्गीकरण गर्ने र कल्ली बाँध्ने काम परिवारकै सदस्यहरुले गर्न भ्याउन्छन् , त्यसैले त्यो काम उतार्न त्यति सकस पर्दैन ।’

यादव, कोइरी, मुसलमान र पासवान जाति र समुदायको बसोबास भएको यी बस्तीमा सुर्ती खेतीबाट मनग्य आम्दानी हुन थालेपछि नानीहरुको शिक्षादीक्षामा पनि अभिभावकले ध्यान दिन थालेका छन् ।

यसअघि शिक्षादीक्षाको कुरामा निकै पछि परेका मुसलमान र पासवानका परिवारले पनि अब छोराछोरी पढाउन थालेका धमौरा बस्तीका हासिम कवारीले बताए । अहिले यी बस्तीका विद्यालयमा मुसलमान, पासवान जाति र समुदायका नानीहरु उल्लेख्य सङ्ख्यामा पढ्न थालेका धमौरा बस्तीकै एक विद्यालयका पूर्वप्रधानाध्यापक सुशीलकुमार यादवको भनाइ छ ।

धमौरामा करिब ५० बिघाको हाराहारीको जग्गामा सुर्ती खेती हुने गरेको छ । त्यसैगरी नगरक्षेत्रका पडौल, तीलगढ, बदियाबन्चौरी, अधियानपुर, रौजा, बनौटा, भगवतीपुर र सरञ्चियासहित बस्तीमा बिघौबिघामा सुर्ती खेती लगाइएको देखिन्छ ।

प्रतिकट्ठा १२५ किलोसम्म उत्पादन हुने सुर्तीबाट राम्रो भाउ पाउँदा एक कट्ठाबाटै रु २५ हजारसम्म आम्दानी भएको धमौराकै वासुदेव पासवानले बताए । भाउ केही खस्कँदासमेत रु २० हजारभन्दा नघटेको सम्बद्ध किसानको भनाइ छ । बलवा नगर क्षेत्रमा करिब १५० बिघाको हाराहारीमा सुर्ती खेती भइरहेको अधियानपुरका अमानुल्ला शेषको भनाइ छ ।

खेती गर्नेको सङ्ख्या र क्षेत्रफलसमेत बढ्दै गएपछि भारतीय व्यापारी घरमै आएर सुर्ती किन्न थालेका छन् । यसले बजार खोज्ने झञ्झट नभएको ती किसान बताउँछन् ।

पछिल्ला दुई वर्षयता भने कोरोनाको महामारीले भारतीय व्यापारीको चहलपहल घट्दा भाउ खस्केको किसानको गुनासो छ । ‘भारतीय व्यापारीको सहज आवागमन हुँदा यतैका व्यापारीले पनि राम्रै भाउ दिन्छन्,” बनौटाका श्रीनारायण महतोले भने, ‘उता (भारत)का व्यापारीको चहलपहल घट्दा यताकाले भाउमा अलि दङ्ग्याउँछन् ।’

पछिल्ला दिनमा यी बस्तीको देखासिकीबाट छिमेकका लोहारपट्टि, भङ्गाहा र मनराशिव नगरपालिकाका दर्जनौँ बस्तीमा सुर्ती खेती गर्ने किसान ह्वात्तै बढेका छन् । सुर्तीको खेती व्यापक बढ्दै गए पनि कृषि विभागबाट कुनै रायसल्लाह, प्राविधिक सहयोग, परामर्श र अन्य अवसर नपाएको किसानको गुनासो छ ।

यता जिल्ला सदरमुकाम जलेश्वरस्थित कृषि ज्ञान केन्द्रले भने किसानहरु बीउबिजन र अन्य कुनै परामर्श सहयोगका लागि आफ्नो कार्यालयमा सम्पर्कमा नआएका जनाएको छ । यद्यपि किसानले रोजेका खेतीमा अब स्थलगत अनुगमन गरेर के सहयोग दिन सकिन्छ ? त्यसका लागि ती क्षेत्रमा कृषि प्राविधिक खटाइएको उक्त केन्द्रले बताएको छ ।

पछिल्लो समयमा सुर्ती खेतीबाट आम्दानी बढे पनि आफ्नो उत्पादन भारतीय बजारमै आश्रित रहेको किसानको भनाइ छ । उत्पादनको मूल्यमा समेत आफूहरुको इच्छा, सहभागिता र परामर्श नरहने हुँदा यो सबै भारतीय व्यापारीमा भर पर्नुपर्ने स्थिति रहेको बनौटाका किसान जगतनारायण महतोको गुनासो छ ।

आफ्नो जिल्लामा यसको बजार नरहेको र उत्पादित वस्तु लिनेदिनेबारे कुनै कबुलियत नबन्ने हुँदा मुख्यतः भारतीय व्यापारीको दयामायामा नै सुर्ती बिक्रीको कुरा निर्भर रहेको उनको भनाइ छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि