nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीन व्यवसायी ह त्याका मुख्य योजनाकार सिरहाका अनिलकुमार मण्डल ‘अ पराध विरुद्धका अभियन्ता’

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०७८, ६:४४ मध्यान्ह
तीन व्यवसायी ह त्याका मुख्य योजनाकार सिरहाका अनिलकुमार मण्डल ‘अ पराध विरुद्धका अभियन्ता’

पत्रपत्रिका बाट/माघ २९ गते। अनिलकुमार मण्डल, ललितपुरको थेचोमा एक र मोरङको धनपालथानमा दुई व्यवसायी ह त्याका मुख्य योजनाकार हुन् । धन आर्जनको चरम महात्वाकांक्षाले क्रू र अपराधको बाटो समाएका उनी कुनै वेला अपराधविरुद्धका अभियन्ता रहेको खुलेको छ । उनले देशलाई नै अपराधमुक्त बनाउने भन्दै ‘क्रा इम फ्री सोसाइटी नेपाल’ नामको गैरसरकारी संस्था नै खोलेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरेर चलाएको उक्त संस्थामा केहीलाई रोजगारीसमेत दिएका थिए । सोही संस्थामार्फत उनी युवा भेला पार्थे र अपराधमुक्त समाजको पक्षमा जोडदार प्रशिक्षण दिन्थे ।

अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठ भन्छन्, ‘दुई–तीन वर्षअघि यसले क्राइम फ्री सोसाइटी नेपाल नामको गैरसरकारी संस्था खोलेको रहेछ । सोही संस्थामार्फत अपराधमुक्त समाजको पक्षमा वकालत गर्दै हिँडेको देखिन्छ । तर, धन कमाउने महात्वाकांक्षाले पछि जग्गा दलाल बन्यो । यही क्रममा उसले तीनजनाको हत्या गरेको देखिन्छ ।’

सिराहाको सिराहा नगरपालिका– २१ लगडी टोलका ३१ वर्षीय अनिलकुमारको पारिवारिक पृष्ठभूमि सामान्य छ । अध्ययनमा तेज उनी सिभिल इन्जिनियर बन्न चाहन्थे । परिवारले खोजेको ऋणमा उनी काठमाडौंमा सिभिल इन्जिनियर विषयमा स्नातक तह अध्ययन गर्दै थिए । रातारात धन कमाउने महत्वाकांक्षाका कारण अध्ययनलाई उनले थाती राखे । यही दौरानमा उनी ‘क्राइम फ्री सोसाइटी नेपाल’ नामको संस्था खोल्न पुगेका थिए । संस्थामा जब डोनर एजेन्सीको आर्थिक सहयोग आउन थाल्यो, ‘अपराधमुक्त समाज निर्माण’को अभियान चटक्कै छाडेर उनी रकम दुरुपयोगमा जुट्न थाले ।

डिएसपी श्रेष्ठ भन्छन्, ‘यसले सिभिल इन्जिनियरतर्फको ब्याचलर तह अध्ययन गरेको भन्छ । यही दौरानमा यसले संस्था खोलेको देखिन्छ । तर, संस्थामा आएको रकम दुरुपयोग गरेपछि उसविरुद्ध ठ गी मुद्दा पनि चलेको रहेछ ।’ प्रहरीका अनुसार संस्थाको आर्थिक अपचलन भएपछि काठमाडौंका माधवप्रसाद उपाध्यायले तीन वर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा अनिलकुमारविरुद्ध ठगी मुद्दा हालेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतबाट अभियोगसमेत प्रमाणित भयो । अदालतले उनीविरुद्ध आठ लाख रुपैयाँ धरौटी रकम मागेको थियो । तर, धरौटीबापतको रकम तिर्न नसक्दा उनी जेल जानुपरेको थियो । केही दिन नक्खु कारागार बसेका उनी पछि धरौटी रकम बुझाएर छुटेका थिए । त्यसपछि अनिलकुमार जग्गा दलालीमा लागेको प्रहरी बताउँछ ।

‘राइडर सेयरिङ’सँग सम्बन्धित व्यवसाय काठमाडौंमा फस्टाएको र लगानीकर्ता मालामाल भएको बुझाइ थियो अनिलकुमारको । उनले ‘यात्रा पल’ नामको मोबाइल एप्स नै विकास गरे । शंखमूलमा कार्यालय खोले । कर्मचारी राखे । आफू भने जग्गा दलालीको धन्दामा जुटे । जग्गा दलालीकै क्रममा उनले तीनजनाको हत्या गरेका हुन् ।

ह त्याका लागि उत्प्रेरित गर्ने हरिसिद्धिको त्यो जग्गा
सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का शम्भु चौधरी दाङको लमहीमा सडक निर्माणको ठेक्का लिने योजनामा थिए । यसका लागि उनलाई ठूलो रकम बैंक ग्यारेन्टी गर्नुपर्ने आवश्यकता थियो । उनी आवश्यक रकमको खोजीमा थिए । आफ्नो योजना उनले सुनसरीको धरान उपमहानगरपालिका– ३ का राजेन्द्रकुमार श्रेष्ठलाई सुनाए ।

यता अनिलकुमारले एउटा यस्तो जग्गाधनी भेट्टाएका थिए, जो आफ्नो जग्गा बैंकमा राखेर प्राप्त ऋण ब्याजमा लगाउन चाहन्थे । ग्राहक खोजिदिएबापत जग्गाधनीले अनिलकुमारलाई निश्चित कमिसन दिनेसमेत भनेका थिए । जग्गा दलालीकै क्रममा उनको तेह्रथुम संक्रान्ति गाउँपालिका– २ का मोहन लिम्बूसँग चिनजान थियो । अनिलकुमारले जग्गाधनीको प्रस्ताव मोहनलाई भनेका थिए । त्यसो हुँदा मोहन पनि ग्राहकको खोजीमा थिए ।

कारोबारकै क्रममा चिनजानमा रहेका राजेन्द्रसँग मोहनले अनिलकुमारको प्रस्ताव सुनाए । राजेन्द्रका लागि ढुंगा खोज्दा देउता मिलेझैँ भयो । राजेन्द्रले अनिलकुमारको प्रस्ताव शम्भुलाई सुनाए । शम्भुलाई अनिलकुमारको प्रस्ताव ठीकै लाग्यो । किनकि उनलाई बैंक ग्यारेन्टी गर्न ठूलो रकमको आवश्यकता थियो ।योजनाअनुसार अनिलकुमारले जग्गाधनीसँग शम्भुको भेट गराइदिए । जग्गाधनी र शम्भुबीच कुराकानी चल्दै गयो । कमिसनको चक्करमा ठूलो रकम चुकाउनुपर्ने देखिएपछि शम्भुले अनिलकुमारलाई बेवास्ता गर्न थाले । जसबाट उनी बेचैन हुन थाले । पछि त शम्भुले अनिलकुमारलाई भेट्न पनि छाडे । उनले आफ्नो विषय मोहन र राजेन्द्रसँग पनि पटक–पटक भने । तर, उनीहरूले पनि वास्ता गर्न छाडेपछि बदलाको भावना पैदा भयो । अन्ततः यही निहुँमा अनिलकुमारले योजनाबद्ध रूपमा तीनैजनाको हत्या गरे ।

डिएसपी श्रेष्ठले भने, ‘हत्याको पछि कमिसन मुख्य कारण रहेको देखिन्छ । ललितपुरस्थित हरिसिद्धिमा केही जग्गा रहेछ । सोही जग्गाको कारोबार सम्बन्धमा यिनीहरूबीच मनमुटाव भएको रहेछ । अन्ततः यही विषय हत्याको कारण बन्यो ।’

अनिलकुमार युवतीप्रति पनि आसक्त

अनिलकुमार अविवाहित हुन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार धन आर्जनको चरम महत्वाकांक्षा पूरा नगरी उनी विवाह गर्न चाहँदैनथे । उनी ठान्थे– विवाह प्रगतिको बाधक हो । त्यसैले उनी यौ नका लागि मात्रै युवती प्रयोग गर्न चाहन्थे । यही क्रममा उनी पछिल्ला दिन एक विवाहित युवतीसँग गहिरो सम्बन्धमा थिए । श्रीमान् विदेशमा रहेका उनी बल्खुमा फ्ल्याट भाडामा लिएर बस्थिन् । सोही फ्ल्याटमा बस्दै आएका थिए अनिलकुमार पनि । तर, तीनजनाको ह त्या योजनाबारे भने उनले युवतीलाई सुइँकोसम्म दिएका थिएनन् ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘यो एक विवाहित युवतीसँग लिभिङ टुगेदरमा बस्ने रहेछ । केही क्ल्यु खुल्छ कि भनेर हामीले प क्राउ गरेर ल्यायौँ । तर, यसले युवतीलाई ह त्याबारे कुनै सूचना नदिएको जानकारी पायौँ।युवतीलाई तारेखमा राखेर छाडेका छौँ ।’

आर्थिक अपचलनमा यसअघि पनि परेका थिए जेल

अपराधमुक्त समाजका लागि भन्दै केही वर्षअघि ‘क्राइम फ्रि सोसाइटी नेपाल’ नामको गैरसरकारी संस्था चलाएका अनिलकुमार आर्थिक अपचलनमा जेल परेका थिए । प्रहरीका अनुसार काठमाडौंका माधवप्रसाद उपाध्यायले तीन बर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठ गी मुद्दा हालेका थिए । काठमाडौं जिल्ला अदालतलेउनीविरुद्ध आठ लाख रुपैयाँ धरौटी रकम मागेको थियो । केही दिन नक्खु कारागार बसेका उनी पछि धरौटी रकम बुझाएर छुटेका थिए ।

यो खबर नयाँ पत्रीका अनलाईनमा टेकराज थामीले लेखेका छ्न।

Tags: देशको खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि