अरुण कुमार यादव/सप्तरी/माघ २८ गते ।सप्तरीको चार वटा स्वास्थ्य संस्थालाई आज पिपिई किट प्रदान गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा सप्तरीको राजविराजमा आयोजित स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्लाको तिलाठी कोईलाडी स्वास्थ्य चौकी,तोपा प्राथमिक स्वास्थ्य केन्द्र, लौनियाा स्वास्थ्य चौकी र सखडा स्वास्थ्य चौकीलाई पिपिई किट प्रदान गरिएको सेभ द सप्तरीका स्वास्थ्य फिल्ड अधिकृत बिष्णुकान्त देवले बताए ।
सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका ४ वटै स्वास्थ्य चौकी/बर्थिङ सेन्टरहरुलाई गर्भवती गराउन र कोभिड १९ बाट जोगिनका लागि प्रत्येक स्वास्थ्य संस्थालाई ७५/७५ वटा गरि जम्मा ३०० सय पिस पिपिई किट प्रदान गरिएको जनाइएको छ ।

सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा करिब ९ लाख ७६ हजार ३ सय २० रुपैया मुलयबराबरको पिपिई किट प्रदान गरेका छन ।यस्तै चार वटा पालिकाको बिष्णुपुर,छिन्नमस्ता,तिलाठी कोइलाडी र राजविराज नगरपालिका वडा नं. ५ (सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका बिद्यालयमा अध्यनरत बालबालिकाहरुको लागि बिद्यार्थीहरुको संख्याको आधारमा स्वास्थ्य सामग्री बितरण समेत गरिएको छ ।

जिल्लाको बिष्णुपुर गाउापालिकालाई ३ सय १० थान लाईफवाई साबुन,१४ हजार ५ सय ९५ पिस सर्जिकल माक्स , १४ हजार ५ सय ९५ पिस बैबी माक्स र १९ थान ५ लिटरको निर्मलिकरण झोल बितरण गरिएको छ । सोही अनुसार अरु पालिकालाई ३ सय १० थान लाईफवाई साबुन,१४ हजार ५ सय ९५ पिस सर्जिकल माक्स , १४ हजमर ५ सय ९५ पिस बैबी माक्स र १९ थान ५ लिटरको निर्मलिकरण झोल बितरण गरिएको जनाइएको छ ।
सो कार्यक्रममा तिलाठी कोइलाडी स्वास्थ्य चौकीका इन्चार्ज रामअवतार साह , सेभ द सप्तरीक कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत बिदया मंडल,बिष्णुकान्त देव लगायत सेभ द सप्तरीका कार्मचारीहरुको उपस्थित रहेको थियो ।














Discussion about this post