माघ २५ गते । आगलागीमा परेर धनुषाको एकजना सहित दुईजनाको मृ त्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको बुलेटिन प्रकाशन गर्दै मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृ त्यु भएको जनाएको हो ।
क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साथै पथरी शनिस्चरे-७ कीर्तिपुर मोरङकी ७१ वर्षीया ज्ञानमाया राईको ज्यान गएको इलाका प्रहरी कार्यालय थपरीले जनाएको छ ।





















Discussion about this post