सिरहा/माघ २२ गते। सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तीपुर चोकमा उखु बोकेको ट्रयाक्टरमा यात्रुबाहक मेट्रो नाईट बस ठोक्किदा एक जना कन्टेक्टर गम्भीर घाइते भएका छ्न।
शनिबार बिहान ३:४५ बजेको समयमा काठमाडौ बाट काकरभिट्टा जादै गरेको प्रदेश ३-०१-००६ ख ०२४६ नम्बरको मेट्रो बसले गुडिरहेको ज १ त ५४१४ नम्बरको ट्रयाक्टरलाई पछाडि बाट ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ।
घाईते भएको कन्टेक्टरको अबस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागि धरानतर्फ लगिएको प्रहरीले जनाएको छ।
बस र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा छ भने ट्रयाक्टर चालक फरार रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ।

















Discussion about this post