सप्तरी/माघ १८ गते। सप्तरी सदरमुकाम राजविराजस्थित एक साबुन उद्योगमा आलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
राजविराज-७ स्थित माँ छिन्नमस्ता साबुन उद्योगमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।जिल्लाको बोदेवरसाइन नगरपालिका–३ का सुनिल कुमार साह र वडा नम्वर ६ का प्रमोद कुमार साहले संयुक्तमा सो फ्याक्ट्री संचालन गर्दै आएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखिएको १२ सय कार्टुन लुगा धुने साबुन र १ हजार बोरा तयारी सरफ जलेर नष्ट भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।















Discussion about this post