nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा आज चौंठचन्द्र पर्व मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०७७, ७:०१ बिहान

सजिलो पोस्ट डेस्क । मिथिलाञ्चल सहित तराईका जिल्लामा चौंठचन्द्र पर्व धार्मिक विधिपूर्वक आज मनाइँदैछ। भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो।प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पर्वको शुभारम्भ गरेको विश्वास गरिन्छ। उनी ज्योतिष पनि थिए।

साँझको समयमा उदाउँदो चन्द्रमालाई पूजा अर्चना गरी चौंठचन्द्र पर्व मनाइने गरिन्छ।यो पर्वमा शुद्धताको विशेष महत्व हुने गर्दछ।चौंठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत रूपमा पर्व सम्पन्न गर्छन्।

खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको यो पर्वको पूजा आँगनमै गरिन्छ।पूजा गर्नका लागि पूजास्थलमा अरुवा चामलको पीठोको कलात्मक अरिपन बनाइन्छ। सो अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अङ्कित गरिएको हुन्छ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइँ, नरिवल, केरा, पुरी लगायतका सामग्री राखेर पूजा गरिन्छ। चौंठचन्द्रको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन्। साँझपख स्नान गरी नयाँ बस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन्।

पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चन्द्रमा दर्शन परम्परा छ।चौंठचन्द्रको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलंक नलाग्ने मिथिला संस्कृतिमा जनविश्वास छ।

चौठ चन्दको महत्व

चौठ चन्द पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।”

कापडीका अनुसार सबै देवीदेवतालाइ शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ । चौठ चन्द पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई खाली हातले हेर्दा कलङ्क (पाप) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो पापबाट बच्न सकिन्छ ।

पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वहरुको प्रारम्भबारे प्रमाणिक रुपमा उपलब्ध हुँदैन । समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । यसबारेमा कतै अभिलेख रुपमा नपाइएपनि पुस्तान्तरदेखि हुँदै आएको छ । मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो ।

आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ । एउटा वचन आएको छ–‘‘ काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकाले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।

चौठ चन्दको कथा

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठ चन्दको विभिन्न प्रचलित कथा रहेको वरिष्ठ पत्रकार कापडी बताउनुहुन्छ । कापडीका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ । श्रीमद्भागवतमा एउटा कथा आएको छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरीब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृष्ट मणि प्राप्त गरेका थिए–स्यमन्तक ।

विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट यादवले प्रतिदिन २० मन सुन प्राप्त गर्थे । उनी छिटै धनाढ्य हुन पुगे । चारैतिर यो खबर फिंजियो । एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चमक्क भयो ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

पर्सामा एक हजार ९० अस्थायी मतदाता

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!