महोत्तरी/माघ १४ गते। सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाराबाट गाँजा बरामद गरेको हो ।
स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने उनले बताए ।














Discussion about this post