महोत्तरी/माघ ११ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।
गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागि मंगलबार त्यहाँ पुगेको हो।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले जानकारी दिए।
उनले अख्तियारले आफ्नो मातहतका कामहरु गरिरहेको र सोही क्रममा उजुरीमाथि छानविन गर्न स्थलगत अध्ययनका लागि टोली त्यहाँ पुगेको जानकारी दिए।
पिपरा गाउँपालिकाले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना आदिको विषयमा अख्तियारमा विभिन्न ३२ वटा उजुरी परेको बताइएको छ।














Discussion about this post