सिरहा/माघ १० गते। सिरहामा एक पुरुषको श व फेला परेको छ ।
सिरहाको गोलबजार ८ मैनाबती खोलाको पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको श व फेला परेको हो।

सिरहाकाे गोलबजार नपा ८ भाईजीटोलको पूर्वपट्टि मैनावत्ति खाेलाको निर्माणधिन रिडबाधमा जमेकाे पानिमा तैरिरहेको अवस्थामा श व फेला परेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएकाे हो ।
आज विहानै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । श व पोस्टमार्टमकाेलागि रामकुमार उमा प्रसाद स्मारिका अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यलाय सिरहाका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जनाएको छ।

















Discussion about this post