सिरहा/माघ २ गते । सिरहाको गोलबजारमा एक महिलाको वेवारिसे श व फेला परेको छ ।
गोलबजार नपा ३ नमुना दलित वस्ति नजीकै अन्दाजी ५० वर्षका जस्ता देखिने महिलाको श व आज विहान वेवारिसे अवस्थामा फेला परेको हो ।
केही समय अधि देखि सोही आसपासको गाउँहरुमा मागी खाँदै आएका महिला आज विहान नमुना दलित वस्ति नजिक भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
श व पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाईको प्रहरीले जनाएको छ । चिसोले कठ्याङ्ग्रिएको अनुमान गरेपनि घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post