सिरहा/पुस २९ गते । सिरहाको मिर्चैया नगरपालिका ७ का वन क्षेत्रमा एक वेवारिसे महिलाको श व फेला परेको छ ।
छघरे स्थित हरियो सामुदायिक वनको भालु खोलाको किनारमा नाम थर नखुलेको करिव ४० जस्तो देखिने रातो ज्याकेट, निलो बुट्टे रङको कुर्ता र रातो सुरुवाल लगाएकी महिलाको श व फेला परेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना स्थल ला श जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी लाश पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
आफन्तवारे खोजी भईरहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post