सप्तरी/पुस ५ गते । लागुऔषध गाँजा सहित एक जनालाई सप्तरीबाट प्रहरीले प क्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ कोशी ब्यारेज टोलबाट करिब ६ केजी लागुऔषध गाँजा सहित सोही नगरपालिकाका ३० वर्षीय बेचन मण्डललाई प्रहरीले प क्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्याल भारदहबाट खटिएको प्रहरीले मण्डललाई उक्त परिमाणको लागुऔषध गाँजा सहित प क्राउ गरेको जनाइएको छ ।
प क्राउ परेका मण्डलमाथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।















Discussion about this post