महोत्तरी/पुष ५ गते। महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृ त अवस्थामा भेटिएकी छन् ।
मटिहानी नगरपालिका ३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृ त भेटिएकी हुन् ।
२ पुसदेखि बे पत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरीमा मृ त फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
मृ तकको श वलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post