धनुषा/मंसिर ८ गते।धनुषामा विङ्गरबाट झरेर एक छात्राको मृ त्यु भएको छ ।
धारापानी बहुमुखी क्याम्पसमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी १८ वर्षिय पूजाकुमार महतोको बुधबार बिहान कलेजबाट ढल्केबरतर्फ जानेक्रममा ना १ ज ७०४९ नम्बरको विङ्गरबाट खसेर मृ त्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार टाउकोमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृ त्यू भएको छ ।
मृ तक पूजा बीबीएस पहिलो वर्षमा अध्ययनरत थिइन् । उनको श व पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।दुर्घटनापछि गाडी र चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको जनाएको छ ।





















Discussion about this post