जनकपुरधाम/मंसिर ३ गते ।धनुषामा ३ वर्षीया बालिकालाई बला त्कार गरेको अभियोगमा ७५ वर्षीय एक साधु प क्राउ परेका छन् । मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिकालाई बला त्कार गरेको अभियोगमा प्रहरीले साधुलाई प क्राउ गरेको हो ।
प्रहरीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बला त्कार गरेको आरोपमा साधुलाई नियन्त्रणमा लिएको हो ।
धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३/४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी रामले ती बालिकालाई बला त्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जब र्जस्ती बलात्कार गरेको भन्दै पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए ।
सोही किटानी जाहेरीको आधारमा रामलाई प्रहरीले प क्राउ गरेर जब र्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।





















Discussion about this post