बारा/कार्तिक २८ गते।बारामा मोटरसाइकल दुर्घटनामा परेर २ युवकको मृ त्यु भएको छ ।
बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा परेर २ युवकको ज्या न गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ३ जना सवार ना ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा कोहल्वी १ बस्ने धर्मेन्द्र चौधरीका २० वर्षीय छोरा सागर चौधरी र सोही ठाउँका मदन चौधरीका १९ वर्षीय छोरा सुशील चौधरीको मृ त्यु भएको हो।
शनिबार राती साढे ८ बजे मोटरसाइकलमा सबार युवकहरू बटौलियाको बर्थिङ्ग सेन्टरको ढोकामा ठोकिएका थिए । सोही क्रमममा युवकको ज्या न गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार कोल्हवी ९ का २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएको प्रहरीको भनाई छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।














Discussion about this post