जनकपुरधाम/कार्तिक २४ गते।जनकपुरधाम बाट काठमाडौ लागि हिडेको रात्री बस ट्रक बिपरित दिशाबाट आईरहेको ट्रकसँग ठोकिँदा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ । भने १५ यात्रु घाइते भएका छन् ।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नं.को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै ज्यान गएको हो ।
सो दुर्घटनामा मृ त्यू हुनेमा एक बस चालक पनि रहेको बताइएको छ । काठमाडौं थानकोट बस्ने चालक सरोज विकको दुर्घटनामा मृ त्यू भएको तथा अन्य एक जनाको नाम नखुलेको जनाइएको छ ।
घाइतेहरुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते मध्ये बसका सहचालक जनक नन्दनी–६ बस्ने वर्ष १९ को शुवम झाको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । घाइते झाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।
सो बस हर हर महादेव कम्पनीको रहेको जनाइएको छ । हरहर महादेव बसमा धनुषाको खजुरी, जटही, तिनकोरियाका यात्रुहरु रहेको जनकपुरस्थित काउण्टरका अरुणले बताए ।दुर्घटना भएको बसमा कति जना सवार थियो भने यकिन भईसकेको छैनन् ।
ट्रकका चालक बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर विक सामान्य सामान्य घाइते भएको र उनलाई उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post