nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी सहित मिथिला छठ पर्वले जगमगाउँदै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २४, २०७८, ८:३७ बिहान
महोत्तरी सहित मिथिला छठ पर्वले जगमगाउँदै

महोत्तरी/कार्तिक २४ गते। छठपर्व सुरु भएसँगै महोत्तरी सहितको मिथिला क्षेत्र धपक्क बलेको छ । छठको तयारीका लागि यस क्षेत्रका नगर गाउँ बस्ती सजिएपछि जताततै उमङ्ग देखिएको हो । गाउँ/नगरबस्तीका आम बासिन्दा सडक, ढल सफा गर्न आ–आफै जुटेका छन् ।

गाउँबस्तीका कच्ची घर पनि अहिले नयाँ माटो (रातोमाटो, कमेरो र लिसाइलो पहेँलो माटो) ले लिपपोत गरिएर टिलिक्क भएका छन् । दुःख भए पनि अहिले लुकेको छ । गरिब बस्तीमा पनि अघिपछिका अभाव, दुःख र सबै पीडा बिर्सेर गरिब परिवारजनसँग खुशी साटिरहेका देखिन्छन् ।

भगवान सूर्य र षष्ठी (छठी)देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दरघाट बनाइएका छन् । वर्तालु कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थल अहिले बेहुली झैं सिङ्गारिएका छन् ।

कात्तिक शुक्ल त्रितीयाका दिन उसिना चामल, माछामासु, मुसुरो, लसुन/प्याजजस्ता तीर्थव्रतमा वर्जित गरिएका भोजन वर्तालुले खान छाड्छन् । यसलाई ‘अरबा–अर्बाइन’ भनिने गरिएको छ । चौंथीका दिन पवित्र स्नान गरेर चोखोनितो खाइने विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।

वर्तालुले यो विधि मंगलबार सम्पन्न गर्दैछन् । पर्व सुरु भएसँगै मिथिलाञ्चलका गाउँ नगर बस्तीमा भगवान सूर्य र छठी माताको भक्तप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जी रहेका छन् । श्रद्धा, निष्ठा, आत्मिक शुद्धि र समर्पण पर्वको मूलभाव रहेकाले जताततै सूर्यदेव र छठीमाता करुणाका खानी रहेका चर्चा आम रूपमा सुनिने गरिएको छ ।

पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिविधि छठ केन्द्रित हुँदो देखिँदो छ । पर्व विशेषले गर्दा सूर्यलाई अघ्र्य दिँदा देखाइने ठकुवा, भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार बनाउने आन्तरिक तयारीबाहेक उखु, अदुवाको बोट, केराको घरीसहितका वनस्पति र फल अनिवार्य मानिएकाले अहिले यी सामग्रीको माग ह्वात्तै बढेको छ ।

पर्वको तयारीमा रहेका वर्तालु मात्र नभएर पर्व सुरु भएसँगै मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा लागिपरेका देखिँदाछन् । उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पर्वका पूजा सामग्री मानिँदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका देखिन्छ । पर्वका अन्य आवश्यकता आफ् नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको महोत्तरीको भङ् गाहा नगरपालिका–४ रामनगरकी कलावती थारुले बताउनुभयो । पर्वसँगै यसकै तयारीमा काम गर्न टाढा पुगेका आफन्त धमाधम घर फर्किरहेका छन् ।

छठको अर्को विशेषता नै घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस क्षेत्रका बुढापाका बताउँछन् । “आर्थिक रूपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्”, महोत्तरीको भङ् गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादवले भन्नुभयो, “तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन् ।”

पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य धर्मावलम्बीको बुझाइ छ । “एक ठाउँमा बसेपछि गृहस्त जीवनमा सामाजिक ठ्याकठुक त कहिलेकाहीँ पर्छ”, जिल्लाको बलवा नगरपालिका रौजाका बासिन्दा एवम् सामाजिक, राजनीतिक कार्यकत्र्ता इस्लाम धर्मावलम्बी मन्सुल कवारीले भन्नुभयो, “तर छठपर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन् ।”

पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचोला र झै–झगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा एवम् साहित्यकार ८४ वर्षीय पूर्व प्रशासकसमेत रहनुभएका महेश्वर रायको ठम्याइ छ । खासगरी मिथिलामा छठपर्व नजिकिएसँगै सामाजिक, साँस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको देखिन्छ ।

विधिको गणनाले कात्तिक शुक्ल त्रितीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा पञ्चमी तिथिमा राति एकछाक मात्र अलिनो खानेकुरा खाएर वर्तालुले ‘खरना’ विधि सम्पन्न गर्नेछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ (सझिंया–घाट) सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ ।

अन्य बेला कथित जातीय छुवाछुत र उचनिचको भेद् भाव अझै नहटिसकेको समाजमा पनि छठमा भने सबै समान देखिन्छन् । “घाटमा फरक/फरक जाति समुदायका वर्तालु आ– आफ्ना पूजा र प्रसाद सामग्री फिँजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले भन्नुभयो, “छठपर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ ।” उहाँले भन्नुभयो, “सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका वर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसादस्वरुप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ खाएको देखिन्छ ।”

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ (अघ्र्य) दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म वर्तालुले सूर्य र छठीदेवीको महत्व झल्कने गीत गाएर आ–आफ्ना मनोकाङ् क्षा पूरा गरी दिन पुकारा गर्छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ । केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका बुद्घिजीवीको भनाइ छ । इस्लाम धर्मावलम्बीले भाकल गरेर अघ्र्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन वर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ ।

अब छठपर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन् ।-रासस

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!