जनकपुरधाम/कार्तिक २३ गते।सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ ।
आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । हिजोदेखि शुरु भएको छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न भइसकेको छ । छठको तेश्रो दिन अस्ताउदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ ।
छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पुर्याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी-जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
पर्वमा अर्घ्य दिने पवित्र जलासय किनारमा आकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । छठ मनाउन नदी तलाउका किनारहरुमा सजावट गरी झकिझकाउ बनाइएको छ । सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिएको पाइन्छ ।
शुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीहरुले समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने गर्दछन् ।














Discussion about this post