जनकपुरधाम/कार्तिक ८ गते।पाँच वर्षीया बालिकालाई यौ न शोषण गरेको आरोपमा पक्राउ परेका हजारी जनक संस्कृत विद्यापीठ जनकपुधाम उपमहानगरपालिका–८ का उप– प्रध्यापक कपिलदेव मण्डलमाथि आईतवार मुद्दा दर्ता गरिएको छ ।
मण्डलमाथि ज र्बर जस्ती क रणी शीर्षकमा मुद्दा दता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिए ।
मण्डललाई प्रहरीले शुक्रवार पक्राउ गरेको थियो । मण्डलमाथि यौ न शोष णको आरोप विगतमा पनि लागेको स्थानीयवासीहरुको कथन रहेको छ । मण्डलले करिब डेढ महिनादेखि सिरहाको नरहा निवासी एक बालिकालाई यौ न शोष ण गर्दै आएको पीडितका बुबाको कथन छ ।
शुक्रवार यस सम्बन्धमा बलबा प्रहरी चौकीमा यस घटनालाई मिलाउने प्रयास गरी पीडकलाई उन्मुक्ति दिने प्रयास भएको थियो तर प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएकोले गरिबले पनि न्याय पाउने आशा जागेको पीडित परिवारको कथन छ ।
साभार-जनकपुर टुडे





















Discussion about this post