अरुण कुमार यादव/सप्तरी/कार्तिक २ गते।दुई दिनदेखि लगातार परिरहेको बर्षाका कारण सप्तरी जिल्लाको बिभिन्न खोलामा पानीको बहाव बढेको छ ।
जिल्लाको सुनदरी खोलामा यस बर्षकै सब भन्दा बढी पानीको बहाव देखिएको कंचनरुप नगरपालिकाका राजकुमार साहले बताउनुभयो । उहाँले यस खोलामा आएको बर्षाको बाढीले केही घरहरुमा पानी पसेको छ ।
यस्तै जिल्लाको खाँडो नदिमा समेत बाढी आएको छ । उक्त नदीमा आएको बाढीका कारण सप्तरीको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाका अधिकाँश गाउँ डुवानमा पर्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ ।
बलान नदीमा समेत लगातारको बर्षाले पानीको बहाव उच्च रहेको देखिएको छ । सो नदीमा राती अवेर सम्म ठुलो बाढी आउन सकिने स्थानियबासीले जनाएको छ ।
मुलुककै पुराना नगरपालिका मध्येका राजबिराज नगरपालिकामा सामान्य बर्षा हुँदा पनि जलमग्न हुने गरेका छन् । ढल निकासको उचित ब्यबस्था नहँुदा सामान्य बर्षामा पनि नगर क्षेत्रका सडक तथा बजारहरु अहिले जलमग्न भएका छन ।
दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको बर्षाले राजबिराज नगरपालिकाका मुख्य सडक तथा बजारहरु डुवानमा परेको स्थानीयले बताएका छन् । अहिले बर्षाले अनुपराज धर्मशाला, राजबिराज हटिया र सडकहरु जलमग्न भएका छन् ।
नगरपालिकाको लापरबाहीले नालाहरुमा फोहोर जमेकाले पानीको निकास बन्द भई सर्वसाधारणलाई आवतजावतमा समेत समस्या हुने गरेको नगरबासीले गुनासो गरेका छन ।
नगरपालिकाले हप्तौसम्म फोहर नउठाउँदा पानी परेपछि नालामा छिरेर जाम हुदा पानी जमेपछि हटिया क्षेत्रका बासिन्दाले बढी सास्ती खेप्नु परेको ब्यापारीहरु बताउँछन ।

















Discussion about this post