जनकपुरधाम/असोज ३० गते। जनकपुर लगायत धनुषा जिल्लामा महिला नतर्की ओरकेष्ट्रा निषेध गरिएपनि प्रहरीकै संरक्षणमा विभिन्न ठाउँमा ओरकेष्ट्रा भइरहेको छ ।

धनुषा जिल्लाको बेटश्वर गाउँपालिका वडा नम्बर ५ स्थित शान्तिपुरमा प्रहरी प्रशासनकै संरक्षणमा टिकटकरहरुले अ’श्लिल ओरकेष्ट्रा गर्दा पनि हेर्नमा मुग्ध देखिए ।
शान्तिपुरमा आयोजित दुर्गा मेलामा प्रहरीकै उपस्थितिमा अ श्लील गीतमा आर्केष्ट्रा भएको हो।

टिकटकरहरुको एक टिम “टीम आरजे” नाम ग्रुपबाट उनीहरुले दुर्गा पूजामा समेत अश्लिल खालका नृत्य गर्दा दर्शकहरु उतेजित भइरहे ।मेलामा मैथली तथा भोजपुरी भाषाको विभिन्न अ’श्लील शब्दहरू प्रयोग गरी बनाइएको गीतहरूमा अ श्लील तरिकाले नृत्य गरेको भिडियोमा देखिएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेको थियो । केही दिन पहिला मात्रै आर्केष्ट्रामा मारपिट झगडा तथा अ श्लील गीतले समाजमा फैलिदै गरेको विकृतिलाई नियन्त्रण गर्न धनुषा प्रहरीले आर्केष्ट्रामा नाच्नेलाई पक्राउ समेत गरेका थिए ।

ओरकेष्ट्राका कारण महोत्तरीमा केही दिन अगाडी भएको एक विवादमा एक जनाको ज्यान नै गएको थियो । उतेजित बनाउने खालका गीतका साथै भीडलाई समेत उतेजित पार्ने खालका नृत्यहरु टिकटकरहरुले गर्दै आएका छन् ।
टिकटकका Team RJ ले असोज २७ , २८ र २९ गते प्रस्तुति गरेका थिए , टिकटकमा अ श्लीलता फैलिए संगै टिकटकका यी युवा युवतीहरु समाजमा समेत अश्लीलता फैलाउने सुरु गरेका छन् ।

टिकटक प्लेटफार्म देखिने अधिकाँश युवायुवतिहरुले विभिन्न गाउँमा ओरकेष्ट्रा पार्टी पनि खोलेका छन् । उनीहरुले विभिन्न गाउँमा सट्टमा नाच्न जान्छन् ।
पहिला पहिला भारतबाट ओरकेष्ट्रा नचाउन युवति मगाइन्थ्यो भने अहिले यही समाजका युवायुवतिहरुले ओरकेष्ट्रा पार्टी खोलेका छन् ।
स्रोत-नेपालवाणी बाट





















Discussion about this post