nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २६, २०७८, ६:३० बिहान
आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

जनकपुरधाम/असोज २६ गते । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन् उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्री दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।

माता कालरात्रीको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ । यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउछ । माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउछिन् भन्ने विश्वास छ । सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ ।

कृत्यतत्वार्णमा नौ प्रकारका अर्थात फूलपातीको उल्लेख गरिएकोछ । रम्भा अर्थात केरा, कच्ची अर्थात कचूर, हलेदो, जयन्ती, बिल्व अर्थात बेल,दाडिम अर्थात अनार,अशोक अर्थात अशोकको बृक्ष, मानबृक्ष अर्थात अमलताश अथवा मानेकर्कलो,धान्य अर्थात धान यी नौ पत्रिका मानिएका छन् । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

सप्तमी पूजा ।
प्रतिपदामा गरिएको संकल्प अनुसार फलश्रुतिको कीर्तन गरेपछि–अद्य सम्तम्यां नवपत्रिकामृन्मयदुर्गापूजाबलिदानानी करिष्य भन्ने संकल्प गरी पहिले निमन्त्रित गरिएको बेलवृक्षको फेदमा गएर दुर्गा र बेलवृक्षको पूजा गर्नुपर्दछ । त्यसपछि प्राथना गर्नुपर्दछ ।

प्रर्थाना :
ॐ महिषध्नि महामाये चामुण्डे मुण्डमालिनी ।
आयुरारोग्यमैश्वर्य देहि देवि नमोऽस्तुते ।।
कुङ्कुमेन समालब्धे चन्दनेन विलेपिते ।
बिल्वपन्नकृतापीडे दुर्गेऽहं शरणं गतः ।।
रुपं देहि यहो देहि भगं भगवति देहि मे ।
पुत्रान्देही धनं देहि सर्वान्कामांच्च देहि मै ।।
सर्वमाङ्गलमाङ्गल्ये इति च साम्प्राथ्र्य पत्रिकाः पूजयेत ।

दुर्गा स्तुतिः
दुर्गा शिवां शान्तिकारीं ब्रहाणीं म्रहणः प्रियाम् ।
सर्वलोकप्रणेत्रीं च प्रणमासि सदाशिवाम् ।
मंङ्गलां शोभनां शुद्धां निष्कलां परमां कलाम् ।
विश्वेश्वरीं विश्वमाता चण्डिकां प्रणमाम्यमह् ।।

उक्त विधिद्धारा नवपत्रिकाहरुमा बिभिन्न पूजा गरेपछि स्तुती गर्नुपर्दछ । दुर्गा स्तुति यसप्रकार रहेकोछ–म दुर्गा,शिवा,शान्तिकरी,ब्रहणप्रिय,सर्वलोकप्रणेतु शिवालाई प्रणाम गर्दछु । म मङ्गला, शोभना, शुद्धा,निष्कला,परमा,कला,विश्वेश्वरी,विश्वमाता,भगवती चण्डिकालाई प्रणाम गर्दछु । म सर्वदेवमयी अर्थात बसै देवताका तजबाट प्रकाशित भएकी,सबै किसिमका आधि–व्याधिको नाश गर्नुहुने,ब्रहाविष्णुशिववन्दिता अर्थात ब्रह,विष्णु र शिवबाट प्रणाम गरिएकी उमाभगवतीलाई प्रणाम गर्दछु । विन्ध्याचलमा विराजमान भएकी विन्ध्यपर्वतमा घर बनाई स्थिररुपमा रहनु हुने, दिव्यसमाजमा रहनु हुने, दिव्य समाजमा निवासगर्न मन पराउनु हुने,भक्तहरुलाई संसारसागरबाट तार्नुहुने भगवती दुर्गाको नित्य वन्दना गर्दछु ।यसरी जसले यस स्तुतिको पाठ गर्दछ वा श्रवण गर्दछ त्यो भक्त सबैपापबाट मुक्त भई दुर्गा भगवतीको समीपमा वस्नपाई रमाउँछ भनेर शास्त्रको वचन रहेको छ ।

यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालारात्रीको मन्त्र ।
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

Tags: बडादसैँ विशेष

Discussion about this post

Related Posts

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको महिमा, उत्पत्ति, पूजा विधि र फल प्राप्ति

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि