धनुषा/असोज १० गते।चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट एक जनालाई प क्रा उ गरेको छ ।
भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले शनिबार प क्रा उ गरेको हो ।
साइकलमा सवार यादवलाई शंका लागी चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।





















Discussion about this post