असोज १० गते।आफ्नो सौतेनी बहिनीलाई ब ला त्का र गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँ सी (मृ त्यु द ण्ड)को सजाय दिइएको छ ।
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब ला त्का र गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ त्यु द ण्डको सजाय सुनाएको हो ।
चार वर्षीया सौतेनी बहिनीलाई ब ला त्का र गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प क्रा उ परेका थिए । गाउँमा बुबाआमाको मृ त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँ सी दिएर मृ त्यु द ण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।














Discussion about this post