जनकपुरधाम/असोज ४ गते। धनुषाको एक पोखरीमा डुबेर मृ त्यु भएको अवस्थामा आमा–छोराको श व फेला परेको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा श व फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श व देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घटनास्थल पुगेर श व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।
स्थानीयका अनुसार राति पति पत्नी बीच झ ग डा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आ त्म ह त्या गरेको अनुमान स्थानीयले गरेका छन्।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















Discussion about this post